२०८१, २१ बैशाख शुक्रबार

प्रतिलिपीमा शर्त राख

cropped-logo-1

राष्टको नागरिक भएको परिचय पत्र । नेपाली हुनुको परिचयपत्र त्यसको सान र मान आफ्नै महत्वको छ । आधिकारीक रुपमा नेपाली नागरिक हुनु भनेको स्वाभिमानका साथ बाच्नु हो । निर्धक्कले हिडडुल गर्न पाउनु हो । एकपटक नेपाली नागरिकता लिइसकेपछि त्यस्को सधैभर संरक्षण गरेर राख्ने या त्यसको महत्वबोध हुनु सार्वजनिक र व्यक्तिगत हितमा पर्छ ।

तर यहा व्यक्तिको बैद्यानिक परिचयका रुपमा सरकारले वितरण गर्ने नागरिकतालाई सुर्खेतमा सामान्य रुपमा लिने गरेको पाइएको छ । हरेक सरकारी कामकाजमा आवश्यक पर्ने नागरिकता सुरक्षित राख्नु पर्दछ भन्ने ज्ञान नभएका कारण नागरिकताको प्रतिलिपी लिनेहरुको संख्यामा निकै बृद्धि भएको छ । जिल्ला प्रशासन कार्यालय र्सुेतबाट गत एक वर्षको अवधिमा झण्डै नयाँ नागरिकता बराबरकै संख्यामा प्रतिलिपि वितरण भएको छ ।

गत आर्थिक वर्ष २०७२÷०७३ मा जिल्ला प्रशासनबाट १२ हजार तीन सय ६४ जनाले नागरिकता लिएकोमा पहिलो पटक नागरिकता लिने ६ हजार ९ सय ७१ जना रहेका छन् भने ५ हजार तीन सय ९३ जनाले प्रतिलिपि लिएका छन् । नयाँ नागरिकता लिनेहरु मध्ये ६ हजार ९ ६५ जनाले बंशजको आधारमा नागरिकता लिएका हुन् भने बाँकी ५ जनाले मात्रै बैबाहिक अंगिकृत नागरिकता लिएका छन ।

नागरिकता जस्तो कुरा सहजै उपलब्ध हुने प्रबृति तथा लिइसकेपछि यस्को हेरचाह वा संरक्षण आफै गर्नुपर्छ भन्ने चेतना नहुदा नागरिकता दिनेहरुलाई समेत विभिन्न सास्ती भोग्नु परेको देखिन्छ । सुरुमा नागरिकता लिदा जसरी सहजै नागरिकले नागरिकता प्राप्त गर्नसक्छन त्यसरी अर्को प्रतिलिपि लिदा केहि सर्तंहरु पुरा गर्नुपर्ने अवस्थाको श्रृजना गर्नुपर्छ । या निश्चीत सर्तमा मात्रै प्रतिलिपि दिने व्यवस्था गर्दा राज्यकै श्रोत र जनशक्तिको दुरुपयोग हुनबाट रोकिने थियो ।