२०८१, २५ पुष बिहीबार

बैकिङ्ग क्षेत्रले लगानी बढाए अबसर नै अबसर

बजार क्षेत्रको कमी उत्पादनमूलक क्षेत्रको अभावका कारणले कर्णाली प्रदेशमा बैकिङ्ग क्षेत्रको लगानी निकै न्यून देखिन्छ । सुर्खेतमा बजार क्षेत्रको विस्तार हुदैँ गएका कारणले बैकिङ्ग क्षेत्रले केही गति लिएको भएपनि अन्य जिल्लामा भने बाणिज्य बैंकहरु निकै कम मात्रामा रहेका छन् । कर्णाली करिडोर, भेरी करिडोर निर्माण र नवलसिंहगाड जलबिद्युत आयोजना, तिला कर्णाली आयोजना लगाएतका काम शुरु हुने हल्ला चलेपछि कालीकोट र जाजरकोटमा केही बित्तिय संस्थाहरुले खुल्ने क्रम बढेको भएपनि अन्य क्षेत्रमा खासै बैकिङ्ग क्षेत्रहरुले चासो दिएका छैनन् ।
जल, जंगल, जडिबुटी, पर्यटन क्षेत्रको प्रचुर संम्भावना लगाएतका लगानीका क्षेत्र प्रशस्त भएपनि बित्तिय क्षेत्रको ध्यान त्यतातर्फ जान नसकेका कारणले कर्णाली प्रदेशमा बैंकहरुले लगानी गर्न नसकेका कारणले बित्तिय पहुँच बढ्न सकेको छैन् । बित्तिय क्षेत्रका लागि लगानी गर्न सक्ने धेरै क्षेत्रहरु रहेका छन् । जल जडिबुटी, जंगल र पर्यटन धनी प्रदेश हो । तर, पनि लगानी मैत्री बातावरण नहुदाँ यी क्षेत्रमा बित्तिय क्षेत्रको आक्र्रषण बढ्न सकेको छैन् । बित्तिय क्षेत्रको आर्कषण बढ्न नसक्दा यो क्षेत्रमा आर्थिक बिकासले गति लिन नसकेको र लगानीका क्षेत्र धेरै हुदाँ पनि बैंक तथा बित्तिय संस्थाहरुले लगानीको सुरक्षा नदेखेका कारणले लगानी कम गर्ने गरेका छन् । लगानीका क्षेत्र कम हुदाँ बित्तिय क्षेत्रको आक्रषण देखेका छैनन् । यस क्षेत्रमा बैंक र बिक्तिय संस्थाहरु पनि निकै कम रहेका कारणले लगानी बाताबरण बन्न सकेको छैन् ।