नेपाल टेलिकम सुर्खेतले कर्णालीका दुर्गम गाउँमा फोरजी सेवा छिट्टै विस्तार गदै
सुर्खेत : नेपाल टेलिकम कर्णाली प्रादेशिक निर्देशनालय सुर्खेतले कर्णाली प्रदेशभर सञ्चार सेवाको पहुँच विस्तार गर्ने कार्य तीव्र रुपमा अगाडि बढाएको छ।
निर्देशनालयका निर्देशक डा. कमल लामिछानेका अनुसार हालसम्म प्रदेशका ३७ स्थानीय तहमा फोरजी तथा फाइबर इन्टरनेट सेवा विस्तार गरिएको छ भने थप ५० पालिकामा सेवा सर्भे भइरहेको छ। ग्रामीण क्षेत्रमा नेटवर्कको सुदृढीकरण र दुर्गम बस्तीमा सञ्चार सेवा पुर्याउने लक्ष्यका साथ काम अघि बढाइएको छ,” उनले भने, “कोहलपुर–सुर्खेत १३२ केभीको विद्युत् प्रसारण लाइन सञ्चालनमा आएपछि फाइबर नेट सेवा विस्तार झन सहज हुनेछ।
उनले भने, सुर्खेतको चिङ्गाड गाउँपालिकासमेत फाइबर सेवा विस्तारको तयारीमा रहेको जनाउँदै डा. लामिछानेले दैलेख, कालीकोट, र जुम्लाको सिञ्जासम्म पनि सेवा विस्तार भइरहेको जानकारी दिए। उनका अनुसार प्राविधिक टोलीले घरदैलो कार्यक्रममार्फत सेवा पु¥याउने कार्य गरिरहेको छ।
केन्द्रीय योजनाअन्तर्गत अपर डोल्पा, रुकुम पश्चिम, जाजरकोट, सुर्खेतको लेखफर्सालगायत १० स्थानमा बिटीएस सेवा सञ्चालनमा ल्याइएको छ। डा। लामिछानेका अनुसार सोलार प्रणाली र विद्युतीकरण बलियो भएमा अझ सहज रूपमा सञ्चार सेवा विस्तार गर्न सकिन्छ। हालसम्म ३० वटा साइटमा विद्युतीकरणका लागि नेपाल विद्युत् प्राधिकरणलाई अग्रिम रकमसमेत उपलब्ध गराइएको छ। दुर्गम बस्तीका १६ स्थानीय तहको बजार क्षेत्रमा सेवा पु¥याइसकेको र ‘डिजिटल कर्णाली कन्क्लेभ’को अवधारणाअनुसार काम भइरहेको निर्देशनालयले जनाएको छ। डोल्पा जिल्लाको मुड्केचुलामा बिटीएस सेवा सञ्चालनको काम भइरहेको छ भने आवश्यक परे रिङ नेटमार्फत सेवा सञ्चालन गरिने बताइएको छ। सुर्खेत आसपासका क्षेत्रमा फोरजी सेवा अझ विस्तार गरिँदैछ।
यसै आर्थिक वर्षमा हुम्लाको हिल्सामा पनि फोरजी सेवा सञ्चालन गर्ने लक्ष्य रहेको कर्णाली प्रादेशिक निर्देशनालयले जनाएको छ।







