२०८१, २६ भाद्र बुधबार

गाडी दुर्घटना हुँदा सर्केगाड गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्कीको  निधन!

 काठमाडौँ । हुम्लाको सर्केगाड गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्की ‘मुक्ति’ को निधन भएको छ । सुर्खेतबाट नेपालगन्ज जाँदै गर्दा फोर्स गाडी दुर्घटना हुँदा उनी शख्त घाईते भएका थिए

उनलाई दुर्घटना लगत्तै उपचारका लागि नेपालगन्ज मेडिकल कलेज भेरी अस्पतालमा लगिएको थियो । उनको उपचारको क्रममा करिब राति दुई बजे निधन भएको अस्पताल स्रोतले जनाएको छ ।

हिजो सोमबार सुर्खेतबाट नेपालगन्ज जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख १०११ नम्बरको फोर्स गाडी सुर्खेतको भेरीगंगा नगरपालिका वडा नं ५ को एमाले मोडमा दुर्घटना हुँदा सवार २४ जना यात्रु नै घाईते भएका थिए । उनीहरु सम्पूर्णको उपचार भईरहेको जनाईएको छ । अन्य घाईतेहरु कोही सामान्य र कोही शख्त घाईते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

उनी नेकपा माओवादी केन्द्रको तर्फबाट हुम्लाको सर्केगाड गाउँपालिकामा गत निर्वाचनमा उपाध्यक्ष निर्वाचत भएका थिए ।