२०८१, १ कार्तिक बिहीबार

रूकुममा पहिरोले पुरिएका तीन जनाको उद्धार, एकजना मृत भेटिए

सुर्खेत :  रूकुममा पहिरोले पुरिएका ३ जनाको जीवितै उद्धार गरिएको छ भने एक जनाको शव भेटिएको छ। रुकुम पूर्वी जिल्लाको सिस्ने गाउँपालिका–१ दल्ली गैरामा अविरल वर्षाका कारण २४ असारमा पहिरोमा परी घाइते भएका ३ जनाको शसस्त्र प्रहरीले उद्धार गरेकोहो ।

सोही ठाउँको सल्ली बिसैनी घर भई दल्ली गैरा गोठमा सुति रहेको अवस्थामा पहिरो जाँदा ४० वर्षीय कर्ण बहादुर बुढा, ३८ वर्षीया गम्मा बुढा र ९ वर्षीया तिलसरा बुढा गम्भीर घाईते भएका छन् । यस्तै ७ वर्षीय संगम बुढा मृत अवस्थामा भेटिएका छन् । उद्धार गरिएका उनीहरूलाई उपचारको लागि जिल्ला अस्पताल रुकुम पूर्वतर्फ पठाइएको छ ।