२०८१, ३० आश्विन बुधबार

सामाजिक संजालमा जातीय विभेद गरेर फरार रहेका शिक्षक पक्राउ !

१० साउन, सुर्खेत ।सामाजिक संजाल फेस्बुक म्यासेन्जरमा जातिय विषयलाई अपमानित हुने शब्द प्रयोग गरेकोमा डुमै डुम रैछन भनेर विभेद गरेको आरोपमा प्रहरीमा उजुरी दिएपछि प्रहरीले तर्क सिंहलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय सुर्खेतका प्रवक्ता एवम्  सूचना अधिकारी वीरेन्द्र वीर विश्वकर्माले जानकारी दिएका छन् ।

डीएसपी विश्वकर्माको अनुसार पीडित पक्षको जाहेरी आएपछि जातिय भेदभाव तथा छुवाछुत मुद्धा दर्ता भई दैलेख महावु गा.पा. वडा नं.०४ बस्ने बर्ष ४२ को तर्क बहादुर सिंह लाई जिल्ला प्रहरी कार्यालय दैलेखको प्रहरी टोलीले पक्राउ गरेको छ।

जातिय भेदभाव तथा छुवाछुत मुद्धा दर्ता भई खोजतलासको लागी यस कार्यालयबाट जिल्ला प्रहरी कार्यालय दैलेख संग समन्वय गर्दा वारदात मिति देखी नै फरार रहेका निज प्रतिवादी जिल्ला दैलेख महावु गा.पा. वडा नं.०४ बस्ने  सिंह लाई जिल्ला प्रहरी कार्यालय दैलेखको प्रहरी टोलीले मिति २०८१।०४।११ गते दिउसो अन्दाजी १२:४५ बजेको समयमा जिल्ला दैलेख दुल्लु नगरपालिका वडा नं.०५ चाँदनी चौक स्थित कर्णाली होटलमा फेलापारी पक्राउ गरेका छन् ।

उक्त  कार्यालयमा दाखिला गरेको हुदाँ निजलाई यस कार्यालयको हिरासत कक्षमा राखी आवश्यक अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यलय सुर्खेतका प्रवक्ता एवम्  सूचना अधिकारी विश्वकर्माले जानकारी दिएका छन् ।

कर्णाली प्रदेश प्रमुख तिलक परियारले निजी सचिवालयमा दलितहरु मात्र राखेको विषयमा प्रकाशित समाचारका सन्दर्भमा ‘डुमैडुम मात्र रहेछन्’ भनी सामाजिक सञ्जाल फेसबुकमा लेखेको विषयमा गम्भीर भुलले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा दिएको जाहेरीका आधारमा प्रहरीले शिक्षक सिंहलाई पक्राउ गरेको हो ।

शिक्षक जस्तो मान्छेले  डुमैडुम अपमानित शव्द बोलेर दलित समुदायप्रती आच आउने गरेर असर  हुँदा यो व्यवहारले सम्पुर्ण दलित माथि नै अपमान गरेकोले घटनाबारे थप आवस्यक अनुसन्धान गरि दोषी माथी उचित कारवाही प्रक्रिया अघि   बढाउन दलितका लागि दलित आन्दोलनका सामाजिक अभियानत  गम्भीरसिंह भुलले दोषीमाथि कडा भन्दा कडा  कारबाहीको माग समेत गरेका छन् ।