२०८१, २९ आश्विन मंगलवार

वीरेन्द्रनगरमा लागू औषध खैरो हेरोइन सहित एक जना पक्राउ ।।

सुर्खेत : लागू औषध खैरो हेरोइन सहित प्रहरीले सुर्खेतको विरेन्द्रनगर ६ बाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँके जिल्ला नेपालगञ्ज उपमहानगरपालिका ११ का २२ बर्षिय शेराज कवाडिया रहेका छन् ।

 

उनको साथबाट खैरो हेरोइन शुद्ध तौल २५ ग्राम २९० मि.ग्रा. बरामद गरिएको लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतका प्रहरी सहायक निरीक्षक कृष्ण चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार बरामद गरिएको लागू पदार्थ खैरो हेरोइन जिल्ला प्रहरी कार्यालय सुर्खेतमा बुझाइएको छ ।

 

प्रहरी सहायक निरीक्षक कृष्ण चन्द नेतृत्वको टोलीले उनलाई बिरेन्द्रनगर ६ बाट पक्राउ गरेको हो । चेकजाँच गर्दा उनको साथमा खैरो हेरोइन भेटिएको थियो । उनीमाथि लागू औषध मुद्धामा अनुसन्धन भइरहेको प्रहरी सहायक निरीक्षक चन्दले बताउनुभयो ।