२०८१, ३० कार्तिक शुक्रबार

विद्यालयको भौतिक संरचना निर्माण गर्न २५ लाख संकलन

रुकुम पश्चिम, साउन २७ । रुकुम पश्चिमको एक आधारभूत विद्यालयको भौतिक स ंरचना निर्माण तथा विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न २५ लाख सङ्कलन गरिएको छ । जिल्लाको आठबिसकोट नगरपालिका– १० डाडाँखालीमा रहेको सरस्वती आधारभूत विद्यालयका े भौतिक संरचना निर्माण तथा गुणस्तरीय शिक्षा प्रदान गर्न सहयोग सङ्कलन अभियान थालिएको हो ।

विद्यालयको भौतिक संरचना निर्माण तथा गुणस्तरीय शिक्षा प्रदानका लागि भनेर थालिएको सहयोग सङ्कलन अभियानमा हालसम्म २५ लाखभन्दा बढी रकम सङ्कलन भएको सहयोग अभियान सङ्कलनकर्ता टिकाराम पुनले जानकारी दिए । उहाँका अनुसार देश तथा विदेशमा रहनुभएका दुई सय ४३ नेपालीबाट उक्त रकम सङ्कलन भएको हो । विद्यालयको भौतिक संरचना तथा विद्यार्थीको पठनपाठनमा समस्या देखिएपछि विद्यालयलाई गुणस्तरीय शिक्षा प्रदान गर्न सहज होस् भन्ने उद्देश्यले सहयोग सङ्कलन अभियान थालिएको पुनले जानकारी दिए । सङ्कलन गर्ने कार्य अझै जारी रहेको र सङ्कलन भएको रकम केही दिनमा विद्यालयलाई हस्तान्तरण गर्ने उनले जानकारी दिए । आठबिसकोट–१० फलाटे निवासी पुन अहिले रोजगारीको सिलसिलामा अमेरिका बस्दै आएका छन् । गत कात्तिक १७ गते गएको भूकम्पले विद्यालय भवन क्षति पु¥याएको र पठनपाठनमा समस्या भइरहेका बेला विद्यालयको भौतिक संरचना निर्माण तथा शिक्षा सुधारका निम्ति सहयोग सङ्कलन गर्नु निकै उदाहरणीय काम भएको सरस्वती माविका प्रधानाध्यापक कमानसिंह कुसारीले जानकारी दिए ।

सरकारी निकायले समेत विद्यालयको भौतिक संरचना निर्माणमा नजर नपुगेका बेला रकम सङ्कलन गरी विद्यालयका निम्ति सहयोग सङ्कलन गरेकामा विद्यालय परिवार खुसी भएको समेत प्रअ कुस ा रीले उ ल्लेख गर्नुभयो । सङ्कलन भएको रकमबाट विद्यालयको बालमैत्री वातावरण निर्माण, शुद्ध पिउने पानीको व्यवस्थापन, खेलकुद मैदानको निर्माण, इन्टरनेट तथा कम्प्युटर कक्षाको स्थापना, गुणस्तरीय खाजा घरको निर्माण र बालमैत्री पठनपाठन प्रणालीको विकास गरिने विद्यालयले जनाएको छ । हाल सरस्वती आधारभूत विद्यालयमा बालशिक्षा देखि कक्षा ५ सम्म पठनपाठन सञ्चालन भइरहेको प्रअ कुसारीले जानकारी दिए ।