२०८१, २६ भाद्र बुधबार

गोलभेडा खेतीमा भविष्य खोज्दै अजय दम्पती

जुम्ला, साउन २७ | चन्दननाथ नगरपालिका–३ का अजय बुढ्थापा र उनकी पत्नी झलका ऐडी एकाबिहानै गोलभेडा रोपेको बारीमा आइपुग्छन् । उनीहरू पाकेको गोलभेडा टिप्ने, काँचो गोलभेडाको रेखदेख गर्नेदेखि टिपेको जति सबै बजारसम्म लैजाने प्रबन्ध मिलाउनमै जुटिरहेका देखिन्छन् ।

योबस्टार मल्टी एग्रो फर्म खोलेर अजय दम्पतीले पहिलोपटक ठूलो मात्रामा व्यावसायिक गोलभेडा खेती थालेका हुन् । पछिल्लो समयमा रोजगारी खोज्दै युवाहरू विदेश पलायन भइरहेका बेला उनीहरूले गोलभेडा खेती थालेका हुन् । अजयले भने, । अहिलेको पिढीले रोजगारी नपाएको भन्दै विदेशलाई कर्मभूमि बनाएर काम गरिरहेका छन् । हामी जन्मभूमिको माटोमै पसिना बगाएर विदेश गएका युवालाई जन्मभूमिमै आमन्त्रण गर्न खोजिरहेका छौं ।’

गोलभेडा खेतीबाट वार्षिक १५ देखि २० लाख रुपैयाँ आम्दानी गरिरहेको अजयले बताए । उनीहरू बेमौसममा प्रतिकेजी १ सय ५० देखि सिजनमा प्रतिकेजी ५० रुपैयाँमा बजारमा गोलभेडा उपलब्ध गराइरहेका छन् । अजयले भने, ।।।जुम्लामा व्यावसायिक रूपमा गोलभेडा खेती गरेको छु ।’

अजय कहलिएका फुटबल खेलाडी पनि हुन् । अहिले जिल्ला फुटबल संघमा आबद्ध भएर युवाहरूलाई फुटबल खेलमा आकर्षित गरिरहेका छन् । उनकी पत्नी झलकाले कर्णाली प्राविधिक शिक्षालयबाट आईएस्सीएजी उत्तीर्ण गरेकी छिन् । उनले सात पटकसम्म लोकसेवा आयोगको परीक्षा दिइन् । २०७५ सालमा खुला पिछडिएको क्षेत्र र महिला कोटाबाट एकैपटक नाम निकालिन् । तर मौखिक परीक्षामा उनी सफल हुन सकिनन् ।

बीचमा उनले कैयन्पटक विदेश जाने योजना बनाइन् । तर घर–परिवारले आफ्नै खेतबारीमा दुःखजिलो गर्न सुझाए । फलस्वरूप अजय दम्पतीले चार वर्ष पहिले ५५ बिरुवा गोलभेडा रोपेर परीक्षण गरे । उनीहरूले आशा गरेअनुसारको फल प्राप्त गरेपछि व्यावसायिक गोलभेडा खेतीमा लागे । अहिले खेलाडीको पौरख र कृषि विद्यार्थीको सीप गोलभेडा खेतीमा लागेको छ । बारीमा तीनवटा ग्रीन हाउस छन् । तीनवटै ग्रिन हाउसमा लटरम्म गोलभेडा फलेका छन् । काम नपाएर विदेशिने युवाहरूका लागि यो राम्रो शिक्षा हो । कुल ५ हजार वर्गमिटर क्षेत्रफलमा गोलभेडा खेती भइरहेको छ । उनले २ हजार ५ सय वर्गमिटर जमिन लिजमा लिएका हुन् । १५ सय हेक्टर क्षेफलमा गोलभेडा खेती भइरहेको छ । गोलभेडा खेती गर्न २४ लाख रुपैयाँ लगानी लागेको छ । उनको गोलभेडा खेती हेर्न पोखरादेखि खेलाडी र प्रशिक्षक बारीमै पुगे । जिल्लाका कृषि विज्ञहरू किसानहरू गोलभेडा खेतीको पटक– पटक अवलोकन गरिरहेका हुन्छन् । अजय दम्पतीले गोलभेडा खेतीको सम्भावना र देखिएका समस्याबारेमा अनुभव सुनाइरहेका हुन्छन् । सानैदेखि कृषि क्षेत्रमा रुचि भएका अजय राज्यले कृषि क्षेत्रको उपेक्षा गरेको दुःखेसो गर्छन् । ।।।राज्यले कृषि क्षेत्रमा हरेक वर्ष लगानी गरिरहेको भनिरहेको छ तर वास्तविक किसानसम्म सरकारी लगानी नपुग्दा समस्या देखिएको छ,’ उनले भने, ।।।हरेक युवाहरू खेतीमै जोडिनुपर्ने र राज्यले दिएको अनुदान वास्तविक किसानसम्म पुग्नुपर्ने धारणा उनको छ । उनी बर्सेनि दर्जन बढी युवकयुवतीलाई रोजगारी दिंदै आएका छन् । उनीहरूका लागि वार्षिक तीनलाख रुपैयाँसम्म खर्च हुने गरेको छ । सदरमुकाम खलंगाको बीचैमा उनको गोलभेडा खेती भएकाले सबैको ध्यान उनीहरूतिरै केन्द्रित छ । ।।।बेमौसममा गोलभेडा पु¥याउन सकिँदैन । सिजनमा मूल्य घट्छ,’ झलकाले भनिन्, ।।।कृषि क्षेत्रमा धेरै दुःख छ तर कृषकको मूल्यांकन छैन । अर्गानिक वस्तुहरू खान छोडेर आयातीत तरकारी खेती प्रयोग गरिरहेका छन् । यस्तो कार्यले चित्त दुख्छ ।’ गोलभेडा भण्डारण गर्ने ठाउँ नहुँदा समस्या भइरहेको उनले सुनाइन् । उनीहरू चैतदेखि कात्तिकसम्म गोलभेडा बेच्छन् । सिर्जन र मनिसा जातको गोलभेडा रोपिरहेका दम्पतीले गोलभेडाक ो सससमेत बनाइरहेका छन् । उनीहरूले बनाएको ससको बजारमा अत्यधिक माग छ ।

कृषि प्राविधिकको रूपमा कर्णाली प्राविधिक शिक्षालय जुम्लाका पूर्वशिक्षक हीरबहादुर शाहीले काम गरिरहेका छन् । उनले गोलभेडा खेतीमा देखिएको रोगकिराको समाधान र गोलभेडा खेती गर्दा आवश्यक प्राविधिक ज्ञान दिने काम गर्छन् । ।।।जति किसान उत्साहक ा साथ ख ेती गरिरहेका छन्, उति सरकार उदासिन देखिएको छ,’ हीरबहादुरले भने, ।।।किसानको उत्पादनको बजार सरकारले खोजिदिनु प¥यो । उत्पादनको मूल्य तोकेर एकरूपता ल्याइदिनुप¥यो । यसैमा सबैको हित छ ।’ छोराबुहारी गोलभेडा खेतीमा जमिरहेको देख्दा मानबहादुर बुढ्थापा मख्ख छन् । उनले छोराछोरीको मिहिनेतले कृषि क्षेत्रमा राम्रो सन्देश फैलाइरहेकामा जोड दिए । किसानहरूको मिहिनेत छ । तर सरकारी तबरबाट कुनै सहयोग नहुँदा लामो समय टिक्न समस्या छ ।