२०८१, २८ भाद्र शुक्रबार

नागपञ्चमीका दिन सार्वजनिक बिदा

सुर्खेत, साउन २३ । कर्णाली प्रदेश सरकारले साउन २५ गते सार्वजनिक बिदा दिने भएको छ । साउन २५ गते श्रावण शुक्ल पञ्चमी (नाग पञ्चमी) को अवसरमा प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो । कर्णाली प्रदेश सरकारको गत वैशाख १७ गते बसेको मन्त्रिपरिषद् बैठकले साउन नाग पञ्चमीमा सार्वजनिक बिदा दिने निर्णय गरेको आन्त िरक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता एवम् उपसचिव उत्तम गौतमले जानकारी दिए ।