२०८२, २५ कार्तिक मंगलवार

शेरबहादुर देउवाको आत्मस्वीकृति : सत्ता होइन लोकतन्त्रका लागि राजनीति

नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो लामो राजनीतिक निकै आरोह–अवरोह व्यहोरेको बताएका छन् ।

मंगलबार पार्टीको केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै, देउवाले भने,“म लोकतन्त्रमा होमिँदा अहिलेको जस्तो सरल र सहज अवस्था थिएन । धेरै खालका दुःख, कष्ट, जेलनेल खाएर आएको व्यक्ति हुँ ।”
देउवाले स्पष्ट रूपमा भने —राजनीतिमा प्रधानमन्त्री, मन्त्री वा सभापति बन्ने ध्येय लिएर होमिएको होइन । “मन, वचन र कर्ममा एउटै उद्देश्य थियो – राष्ट्र, राष्ट्रियता र लोकतन्त्र ।

उनका अनुसार, मुलुकमा उत्पन्न संकट हुँदा सधैं देश र जनताको पक्षमा दृढतापूर्वक उभिएको दाबी बताए । जीवन रहँदासम्म देश र जनताका निम्ति समर्पित रहने उनको भनाइ थियो ।