२०८१, २९ आश्विन मंगलवार

सुचारु भयो कर्णाली प्रदेशसभाको बैठकम कारबाही सुचारू गर्ने रहेका छन् ।

सुर्खेत: बजेटको विषयलाई लिएर कर्णालीमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले असार ५ गतेदेखि लगातार अवरुद्ध गरिरहेको प्रदेशसभाको बैठक आइतबार आर्थिक मामिला तथा योजना मन्त्रीलाई रोष्ट्रममा जान रोक्न खोजेपछि मर्यादापालकले जबरजस्ती रोष्ट्रमसम्म पु¥याएका थिए । स्थिति झडपतर्फ अगाडि बढेकोमा सोमबारदेखि भने सदन सहज रुपमा सुचारु भएको छ । असार ६ गते बैठक सञ्चालन नहुँदै कांग्रेस प्रदेश सभाबाट बाहिरिए यता संसद् सहजरुपमा चल्न सकेको थिएन ।

सोमबार प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी र कर्णाली प्रदेश सरकारबीच ९ बुँदे सहमतिपश्चात् सदन सुचारु भएको हो ।

सहमति भएका बुँदाहरुमा ‘व्यक्तिको नाम, निजी फर्म (सरकारी सम्पत्ति व्यक्तिगत प्रयोजन हुने गरी) आएका योजनाहरूलाई कार्यान्वयन नगर्ने, क्रमागत र बहुवर्षिय आयोजनाहरूको प्राथमिकता निर्धारण गरी निर्माण कार्यलाई प्राथमिकता दिने, विगतको सहमतिअनुसार प्रदेश सरकारबाट विनियोजित कार्यक्रमअन्तर्गत कृषि, सशर्त, क्रमागत र मर्मततर्फ बाहेक अन्य निर्माणको हकमा १५ लाख र भवन तथा सडक निर्माणतर्फ ३० लाख भन्दा मुनिका आयोजनाहरू कार्यान्वयन नगर्ने र समान वितरण गरिनुपर्ने विषयलाई आत्मसात गर्दै निश्चित विधिअनुसार योजना निर्माण तय गर्ने नीति लिने रहेका छन् । यसैगरी, क्षेत्र , भूगोल तथा जनसंख्यालाई आधार बनाई आगामी आर्थिक वर्ष मा छुट भएका आयोजनाहरू छलफल गरी प्राथमिकताका साथ समावेश गर्ने, समपूरक, विशेष र सर्शत अनुदानतर्फ विधि प्रक्रिया पूरा गरी आएका तर छुट भएका पालिका समावेश गर्ने, प्रदेश सरकारले तर्जुमा गरेका कृषितर्फका कार्यक्रम बाहेक रू. ३० लाख माथिका सवै
आयोजनाहरू ठेक्का (टेन्डर बोलपत्र) प्रक्रिया मार्फत सञ्चालन गर्ने, प्रक्रिया पूरा गरी छनौट भईसकेका “एक जिल्ला, एक नमूना विद्यालय“ कार्यक्रम कार्यान्वयन गर्ने र शैक्षिक सुधार कार्यक्रम