२०८१, ७ बैशाख शुक्रबार

जिल्ला अस्पतालमै एक सुत्केरी महिलाको ज्यान गयो

kalikotकालिकोट, साउन १८ ।
नेपाल सरकारले नागरिकहरुको स्वास्थ्य सुबिधा मौलिक हकमै ब्यवस्था गरेर सर्बशुलभ ,निशुल्क भनेर जतिसुकै ओकालत गरे पनि कर्णाली जस्ता भौगोलिक बिकटताका यस्ता क्षेत्रमा महिलाहरुले बच्चा जन्माउन नसकेर स्वास्थ्य संस्थामै ज्यान गुमाउनु पर्ने परिस्थिती अहीले पनि यथावत छ ।

केही दिन अगाडि कालिकोटको बदालकोट गाबिसको सिकुमा एक महिलाको जंगलमा बच्चा जन्माउदा रतmश्राब भएर ज्यान गएको थियो भन,े पुन सोमबार कालिकोट जिल्ला अस्पतालमै एक महिलाले बच्चा जन्माउन नसक्दा शल्लेक्रिया गर्दा रतmश्राब भएर ज्यान गएको हो । ज्यान जानेमा दाहाँ दुई का कासि चौलागाईकी श्रमती पुर्णकला चौलागाई रहेकी छन ।

२१ वर्षीया चौलागाई लाई प्रशुतीको बिराम लागे पछि तिन दिन पहीले उनलाई जिल्ला अस्पताल पुर्याइएको थियो । अस्पतालमा उनको सोमबार बिहान शल्लेक्रिया गरि पेटमा रहेको बच्चा निकालिएको थियो । उनको यो दोस्रो बच्चा हो । पहीलो बच्चा पनि शल्लेक्रिया गरेर नै निकालिएको थियो । चौलागाईको शल्लेक्रिया पछि उनलाई अत्याधिक रतmश्राब भए पछि जिल्ला अस्पतालकै खाद्य सुरक्षा कार्यक्रममा कार्यरत स्वास्थ्यकर्मी धिरेन्द्र भुजेल लगाएतले ले मात्रै १५ प्वइन्ट रगत दिएका थिए तर पनि उनको ज्यान जोगाउन सकिएन ।

चौलागाईको शल्लेक्रियामा सहभागि जिल्ला अस्पतालका डाक्टर कौशल अलिले बताउनु भयो । चौलागाईको शल्लेक्रियामा जिल्ला अस्पतालका डाक्टर कौसल अलि, डाक्टर प्रकास जिसि र एन एस आईका डाक्टर महेश्वर गोसाई सहभागि रहनु भएको थियो । स्वास्थ्यकर्मीहरुले अन्तिम अबस्थामा आउदा महिलाको ज्यान नजोगिने भए पछि हवाई मार्गमार्फत उनलाई सुबिधा सम्पन्न ठाउँमा पुर्याउन पहल थालेका थिए तर बिकट क्षेत्रमा हवाई एम्बुलेन्स र सुबिधा सम्पन्न स्वास्थ्य संस्था नहुदा यसरी महिलाहरुले सुत्केरी हुदा ज्यान गुमाउनु परिरहेको छ ।

चौलागाईको ज्यान जोगाउन जिल्ला अस्पतालले एयर एम्बुलेन्सका लागि नेपाल सरकार स्वास्थ्य महासाखा, गहृमन्त्रालय,कालिकोटका माननीय सांसद महेन्द्र शाही, तुलाराज बिष्ट लगाएतका क्षेत्रमा फोन गर्दा पनि पहल नपुगे पछि चौलागाईको ज्यान अकालमा गएको हो । यसरी बिकट कर्णाली जस्ता क्षेत्रका लागि सरकारले प्रत्येक क्षेत्रहरुमा एउटा एयर एम्बुलेन्स तयारी राखेको बताइन्छ ।

हेलिकप्टर पाएर तिन घण्टामा चौलागाईलाई भेन्टिलेटर भएको र आइसियु भएको सुबिधा सम्पन्न ठाउँमा पुर्याउन सकिएको भए ज्यान जोगिने थियो भन्नु हुन्छ जिल्ला अस्पतालका प्रमुख डाक्टर कौशल अलि । यस्तो अबस्थामा बिरामीको ज्यान जोगाउन स्वास्थ्य संस्थाले नै भाडा ब्यवस्थापन गरेर सुबिधा सम्पन्न ठाउँमा पठाउनु पर्ने प्राबधान अनुसार बिहान ८ बजे भएको शल्लेक्रिया पछि दिनै भरि हेलिकप्टरको पहलमा लागियो कतैबाट पनि सुबिधा उपलब्ध हुन नसक्दा रतmश्राब भए पछि उनको शरिरको अंगले काम गर्न छाड्यो अनि सामेबार अपरान्ह ४ बजे चौलागाईको ज्यान गयो जिल्ला अस्पतालले जनाएको छ ।

चौलागाईको पहिलो बच्चा पनि सि एस गरेर निकालिएकाले दोस्रो बच्चा जन्माउन कम्तिमा ५ वषर््ाको अन्तराल हुनु पर्दथ्यो तर चौलागाईको तिन वर्षमा पुन बच्चा सिएस गरेर निकाल्दा पाठ्यघरले काम नगर्दा दुर्घटना हुन पुगेको अस्पतालले जनाएको हो । अस्पतालले सोमबार चौलागाईको सब आफन्तलाई बुझाएको छ ।