आजदेखि सुर्खेतमा कर्णाली एक्स्पो २०१६ प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने
सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघको आयोजनामा आज सञ्चालन हुन लागेको कर्णाली एक्स्पो २०१६ तथा अन्तराष्टिय ब्यापार मेलाको (विहीबार) उद्घाटन हुँदैछ ।
वीरेन्द्रनगरमा सञ्चालन हुने कर्णाली एक्स्पो २०७३ को उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने आयोजक सुर्खेत उद्योग बाणिज्य संघ जानकारी दिएको छ । महोत्सवको तयारी पनि पुरा भएको छ । छैठौं प्रदेश अन्तर्गतका विभिन्न जिल्लाका विकास निर्माणसंग सम्बन्धित मागहरुमा सरकारको ध्यानाकर्षण गराउनुपर्ने भएकाले पनि मुलुकको कार्यकारी प्रमुखलाई प्रमुख अतिथिका रुपमा निमन्त्रणा गरिएको हो ।
प्रधानमन्त्रीलगायत सहकारी तथा गरिबी निवारण मन्त्री हृदयराम थानी, सुर्खेतबाटप्रतिनिधित्व गर्ने पाँचै जना सांसदहरुलाई समेत उद्घाटन समारोहका लागि निमन्त्रणा गरिएको मूल आयोजक समितिले जनाएको छ । यसबाहेक नेपाल उद्योग वाणिज्य महासंघका उच्च अधिकारीहरुको पनि सहभागिता रहने मूल आयोजक समितिका संयोजक प्रकाश अधिकारीले बताउनुभयो । यसपटकको मेलामा हेलिकोप्टरमार्फत मुगुको रारा, दैलेखका पञ्चकोशी, सल्यानको कुभिण्डे दह र सुर्खेत उपत्यकाको दृश्यावलोकन गर्ने व्यवस्था मिलाइएको उनले जानकारी दिए ।
यसैगरी आदिवासी जनजातिहरुमध्ये जिल्लामा उपलब्ध आदिवासी जनजातिहरुले आप्mनोपहिचान झल्किने परम्परागत घर निर्माण गरी मौलिक परिकार खुवाउनुलाई मेलाको अर्को महत्वपूर्ण विशेषताका रुपमा लिइएको छ । यसैगरी छिमेकी मुलुक भारत, पाकिस्तान, बंगलादेश, पाकिस्तान र थाइल्याण्डका उत्पादनहरुको अलगै अन्तर्राष्टिय स्टल पनि पहिलो पटक स्थापना गरिने भएका छन ।
संघले आप्mना सदस्यका लागि ३ सय रुपैयाँको विशेष पास तथा टिकटका लागि लाइन लाग्न नचाहनेहरुका लागि १ सय रुपैयाँको एक्सप्रेस टिकटको अवधारणापनि पहिलो पटक लागू गरेको छ । सूचना प्रविधिको महत्वलाई मध्यनजर गर्दै यसपटकको मेलामा क्यान इन्फोटेकका लागि अलगै पवेलियन निर्माण गरिएको छ ।
कर्णाली एक्सपोको अवसर पारेर राष्ट्रिय अन्तर्राष्टियस्तरका व्यापारी र स्थानीय व्यापारीबीच सेमिनारपनि आयोजना गरिने भएको छ । सुर्खेत लगानी वर्ष २०७३ समेत जारी रहेको सन्दर्भमा यस क्षेत्रमा रहेका लगानीका अवसरहरुको पहिचान गरी राष्टिय अन्तर्राष्टिय लगानी भित्र्याउने उद्देश्यले सेमिनारकोआयोजना गर्न लागिएको हो ।