कविताद्वारा साहित्यकार उत्रिए भ्रष्ट्राचार विरुद्ध ‘टेबुलमुनिबाट घुस लिनेहरुले अब सुख पाउनेछैनन्’
सुर्खेत। बाँकेकी सुमित्रा वली (उल्झन) स्टेजमा उभिईन । उनी त्यहाँ गीत गाउन पुगेकि थिइनन् । जब उनले आफ्नो प्रस्तुती सुरु गरिन । तालि बज्द थाल्यो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगकोको कार्यालयले भ्रष्टाचार बिरुद्धको अन्र्तराष्ट्रिय दिवसका अवसरमा आयोजना गरेको कविता प्रतियोगितामा आफ्नो कविता प्रस्तुत गरेकी वलीको प्रस्तुतीले सबैलाई तान्यो । जव उनले कविता मार्फत भ्रष्टाचार विरुद्ध धावा बोलिन । तालि बजिरह्यो । उनले कविता मार्फत भ्रष्टाचारको जालो चुडाउनुपर्ने सन्देश दिइन ।
यस्तै साहित्यकार खग्न्द्र अधिकारी (अमृत) ले पनि भ्रष्टाचारको जालो फैलिएको भन्द्यै त्यसलाई कवितामार्फत चित्रण गरे । हरेक क्षेत्र, पेसा, व्यवसाय र क्षेत्रमा भ्रष्टाचार हुने गरेको भन्दै कविहरुले आफ्नो कविता मार्फत व्यङग्य गरेका थिए ।
प्रतियोगितामा श्रष्टा बिद्यानिर्दोष पहाडीले आफनो मुक्तक मार्फत भ्रष्टाचारलाई चित्रण गरेका थिए भने प्रबिणकूमार आर्चायको लयवद्ध कविताले पनि सुशासन प्रबद्धृन गर्नुपर्नेमा जोड दिएको थियो । सोही कार्यक्रममा नागरिकले तिरेको करबाट सेवा सुबिधाको उपभोग गरिरहेका राष्ट्रसेवकहरुले टेबुल मुनिवाट लिएको रकमले एकैपटक लखपति बन्ने सोचले पटक्कै पनि सुख नमिल्ने सरोकारवालाहरुले बताएका थिए ।
भ्रष्ट आचारण भएकाहरुलाई बरु एउँटा सुखको खोजी गर्दा हजारवटा तनाबले घेर्ने श्रष्टा केशरसिंह माझिले बताए ।
“भ्रष्टाचार बिरुद्धको सहकार्य,सुशासनको लागी अपरिहार्य” भन्ने मूल नारालाई आत्मासाथ गर्दै भएको खुला कविता प्रतियोगितामा प्रविणकूमार आचार्य प्रथम भएका छन् । १५ जना सहभागी रहेको प्रतियोगितामा सुमित्रा वली द्धितीय र यमूनाकूमारी उपाध्याय तृतीय भएकी छन् ।
प्रतियोगितामा प्रथम,द्धितीय र तृतीय स्थान प्राप्त गर्नैलाई क्रमशः ३ हजार,२ हजार र १ हजार रुपैया पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्ने आयोजकले जनाएको छ । यही कात्तिक २४ गते अर्थात डिसेम्बर ९ मा मनाउँन लागिएको भ्रष्टाचार बिरुद्धको अन्र्तराष्ट्रिय दिवसको अवसरमा पुरस्कार प्रदान गरिने छ ।
कार्यक्रममा अख्तीया दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतका जंगबहादुर डाँगीले सबैको प्रयासबाट भ्रष्टाचार कम गर्न सकिने भन्दै सबैले आफनो ठाउँवाट अभियानमा सहयोग गर्नुपर्ने बताए । यस्तै साहित्यकार डाक्टर दिपक गौतमले मुद्राको मूल्य कम र सेवाको मूल्य धेरै हुदा देशमा भ्रष्टाचार मौलाएको बताएका थिए ।
तस्बीर ः