द्वन्द्वोत्तर मेलमिलाप प्रबद्र्धन तालिम तालिम
सुर्खेत । यहाँको वीरेन्द्रनगरमा पत्रकारका लागि सञ्चालन गरिएको ‘द्वन्द्वोत्तर मेलमिलाप प्रबद्र्धन’ सम्बन्धी तालिम सम्पन्न भएको छ ।
पत्रकार महासंघ सुर्खेतको समन्वय तथा सेन्टर फर मिडिया फ्रिडमको आयोजनामा भएको तालिमको समापन कार्यक्रममा बोल्दै मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर उपेन्द्रकुमार कोइरालाले पत्रकार समाजका आँखा भएको भन्दै द्वन्द्वप्रति संवेदनशिल हुन सुझाव दिए ।
पत्रकारले चाहे द्वन्द्व पनि हुने र द्वन्द्वलाई मेलमिलाप पनि बनाउन सक्ने भन्दै संवेदनशिल हुनुपर्ने बताए । उनले पत्रकार समाजको साक्षी भएको भन्दै सत्य, तथ्य समाचार सम्प्रेषण गर्नुपर्ने बताए । यस्तै प्रमुख प्रशिक्षक विनोद ढुङगेलले द्वन्द्वप्रति संवेदनशिल भएर जिम्मेवारपूर्ण पत्रकारिता गर्न सुझाव दिएका थिए । मंगलबार र बुधबार भएको तालिममा बरिष्ट पत्रकार विनोद ढुङगेलले प्रक्षिण दिएका थिए ।
यस्तै कानुनका बारेमा जिल्ला बार सुर्खेतका अध्यक्ष नन्द भण्डारीले जानकारी गराएका थिए । जिल्लाको पत्रकारितामा द्वन्द्व पत्रकारिताका बारेमा त्रिभूवन वी.सी.ले जानकारी गराएका थिए । जिल्लाका पत्रकारहरुलाई द्वन्द्वोत्तर समाजमा मेलमिलापका लागि सहयोग होस भनि सञ्चालन गरिएको तालिममा १७ जना पत्रकारहरुको सभागिता रहेको थियो ।
तालिमको सभापन कार्यक्रम सेन्टर फर मिडिया फ्रिडमका प्रतिनिधी भोजराज अधिकारीको सभापतित्वमा सम्पन्न भएको हो ।