२०८१, ४ चैत्र मंगलवार

जेसिबीको शाखा सुर्खेतमा जेसिबीको शाखा सुर्खेतमा

सुर्खेत । नेपालकै उत्कृष्ट कम्पनी जेसीबी (जोसेब क्रील ब्यामफोर्ड) कम्पनीले अब आफ्नो सेवा सुर्खेतबाट पनि बिस्तार गरेको छ ।
homepagegraphicविगत तेह्र वर्षदेखि अहिलेसम्म नेपालमा नौ वटा शाखाबाट देशभर नै सेवा दिँदै आएको यस कम्पनीको सुर्खेत शाखाको बुधबार औपचारिक रुपमा उद्घाटन गरिएको छ । कार्यक्रममा निर्माण व्यवसायी संघ सुर्खेतका अध्यक्ष यामबहादुर बीसीले एमएडब्लुु अन्तर्गतको जेसीबी कम्पनीले गुणस्तरीय मेसिन उपलब्ध गराई सेवा सुविधा सुलभ र सहज बनाउनुपर्ने बताए ।

उनले जेसीबी कम्पनीले लिने सेवा शुल्क घटाउनुपर्नेमा पनि ध्यानाकर्षण गराए । कार्यक्रममा नेपाल हेभी ईक्वीपमेन्ट व्यवसायी संघ सुर्खेतका उपाध्यक्ष विष्णु पौडेलले प्रदेश नम्बर छ को विकासमा यस कम्पनीले टेवा पु¥याउने भन्दै काम छिटा छरितो गर्नका लागि मेसिन विक्रि अनुसार सर्भिस ईन्जिनियरहरु पनि उपलब्ध गराउन सुझाव दिए ।

कार्यक्रममा जेसीबीका बजारप्रमुख सन्जीब देउजाले मेसीन धेरै उत्पादन भएपनि सेवा दिने ईन्जिनियरहरु विदेश पलायन हुनाले समस्या भएको बताए । कार्यक्रममा जेसीबी ईण्डियाका बालकिसन बस्याल, नेपाल हेभी ईक्वीपमेन्ट व्यवसायी संघ सुर्खेतका केन्द्रीय सदस्य सुर्यबिक्रम थापालगायत निर्माण व्यवसायसँग सम्बन्ध राख्ने बैंकका प्रमुखहरुको सहभागिता थियो ।  उद्घाटन कार्यक्रमको सहजिकरण प्रदेश एफएम नेटवर्कका चाँदनि केसीले गरिकि थिइन ।