अनूकुल योजना निर्माण सम्बन्धी अन्तरक्रिया
सुर्खेत । अनुकुलन योजना र विपत् जोखिम व्यवस्थापन योजना समायजन तथा समायोजन अनूकुल योजना निर्माण सम्बन्धी जिल्ला तथा गाविस स्तरीय सरोकारवालाहरुबीचको अन्तरक्रिया लेखगाउमा सम्पन्न भएको छ ।
सुन्दर नेपाल संस्थाको सहजीकरणमा बुधबार लेखगाउँको फिनीकाँडामा अन्तरक्रिया गरिएको हो । बाढी पहिरो र खडेरीबाट निम्तिने जोखिमलाई प्रमुख समस्यका रुपमा पहिचानगरी समायोजना अनुकुलन योजनामा उल्लेख गरिएको छ । वस्ती स्तरबाट छनौट भइ आएका योजनामा कार्यन्वयनका लागि सहयोग गर्ने राजनीतिक दल तथा जिल्ला स्तरीय विषयगत कार्यालय प्रतिनिधिहरुले प्रतिवद्धता जनाएका छन् ।
स्थानीय सरोकारवालाहरुले विपत जोखिम न्यूनीकरणका लागि सहयोग गर्न जिल्ला स्तरीय सरोकारवालाहरुलाई आग्रह गरेका छन् ।