२०८१, ३१ भाद्र सोमबार

रास्कोट अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम सुरु

कालिकोट, साउन २२ । कालीकोट जिल्लाको रास्कोट नगरपालिकाको सामुदायिक अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम सुरु गरिएको छ । नेपाल सरकारको स्वास्थ्य बिमा बोर्डले रास्कोटको नगर अस्पतालबाट पनि बिमितलाई उपचार सेवा दिने भएको हो ।

स्वास्थ्य बिमा बोर्ड र नगरपालिकाले अस्पतालबाट स्वास्थ्य बिमा सुचारु गर्न सहमति पत्रमा हस्ताक्षर गरेका छन् । अस्पतालमा आयोजित एक कार्यक्रमकाबिच स्वास्थ्य बिमा बोर्ड कालीकोट शाखा र नगरपालिका बिच नगर अस्पतालबाट स्वास्थ्य बिमाका बिमितले उपचार गर्न पाउने सहमति भएको हो । स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनका लागि भएको सम्झौता पत्रमा अस्पतालका व्यवस्थापक कौशल न्यौपाने, र स्वास्थ्य बिमा बोर्ड कालीकोटका जिल्ला संयोजक सर्पराज रोकायाले हस्ताक्षर गरेका छन् । रोहवरमा नगरका स्वास्थ्य तथा सरसफाइ शाखा प्रमुख जनकराज न्यौपाने, बिमा बोर्डको तर्फबाट नन्दबहादुर मल्ल, बिमा फोकल व्यक्ति हरिप्रसाद पाण्डे छन् । स्थानीय टिकाराज उपाध्यायले स्वास्थ्य बिमा कार्यक्रम लागु हुँदा आफूलाई खुसी लागेको बताए । बिमा गरे बापत स्वास्थ्य बिमा बोर्ड र नगरपालिकाले अस्पतालबाट स्वास्थ्य बिमा सुचारु गर्न सहमति पत्रमा हस्ताक्षर गरेका छन् । अस्पतालमा आयोजित एक कार्यक्रमकाबिच स्वास्थ्य बिमा बोर्ड कालीकोट शाखा र नगरपालिका बिच नगर अस्पतालबाट स्वास्थ्य बिमाका बिमितले उपचार गर्न पाउने सहमति भएको हो । स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनका लागि भएको सम्झौता पत्रमा अस्पतालका व्यवस्थापक कौशल न्यौपाने, र स्वास्थ्य बिमा बोर्ड कालीकोटका जिल्ला संयोजक सर्पराज रोकायाले हस्ताक्षर गरेका छन् । रोहवरमा नगरका स्वास्थ्य तथा सरसफाइ शाखा प्रमुख जनकराज न्यौपाने, बिमा बोर्डको तर्फबाट नन्दबहादुर मल्ल, बिमा फोकल व्यक्ति हरिप्रसाद पाण्डे छन् । स्थानीय टिकाराज उपाध्यायले स्वास्थ्य बिमा कार्यक्रम लागु हुँदा आफूलाई खुसी लागेको बताए । बिमा गरे बापत उपचार गर्न मान्ममा रहेको जिल्ला अस्पतालमा जानु पर्ने अवस्था थियो । अब रास्कोट नगरपालिका सान्नीत्रिवेणी गाउँपालिका, पलाँता गाउँपालिका र पचालझरना गाउँपालिकाका नागरिकले स्वास्थ्य बिमा गरे बापत रास्कोट अस्पतालवाटै सेवा पाउने हुँदा राहत भएको उपाध्यायको भनाइ छ ।

रास्कोट अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम लागु गर्न बिमा बोर्डले २०७९ साल देखि प्रयास गरेको थियो । तर नगर सरकारले चासो नदिएका कारणले केही ढिलो हुँदा नागरिकहरू सेवा पाउनबाट वञ्चित हुँदै आएका थिए । पछिल्लो समय नगरप्रमुख धर्मराज शाहीले स्वास्थ्य बिमा गर्ने सहमति जनाएपछि अस्पताल र बिमा बोर्ड सम्झौता गर्न सफल भएको हो ।