कर्णाली प्रदेशको सामाजिक विकास समितिको १३औं बैठक सम्पन्न
कर्णाली प्रदेशको सामाजिक विकास समितिको १३औं बैठक माघ २४ गते सम्पन्न भएको छ् ।
सामाजिक विकास समितिको १३औं बैठक बसी कर्णाली प्रदेश सरकारले २०८० माघ १० मा कर्णाली प्रदेश राजपत्रमा प्रकाशित सूचनामा कर्णाली प्रदेश निजामती सेवा नियमावली, २०८० को अनुसूची(१ बमोजिम शिक्षा क्षेत्रमा कामकाज गर्ने सामाजिक विकास मन्त्रालय अन्तरगतका शिक्षा विकास निर्देशनालय र मानव संशाधन विकास केन्द्रको नाम नदेखिएको सम्वन्धमा सामाजिक विकास मन्त्रालयका माननीय मन्त्री, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका निमित्त प्रमुख सचिव र सामाजिक विकास मन्त्रालयका सचिव संग छलफल भएको छ् ।
थप छलफलका लागि माननीय मुख्यमन्त्री, प्रमुख सचिव, सामाजिक विकास मन्त्रालयका माननीय मन्त्री र सचिवलाई समितिको आगामी बैठकमा आमन्त्रण गरी छलफल गर्ने निर्णय गरिएको छ।
सामाजिक विकास समितिको कार्यक्षेत्रभित्र रहेका मन्त्रालयहरूले निर्माण गरेका कानूनहरूको प्रभावकारी कार्यान्वयनको अवस्था मूल्याङ्कन पिएलएस गर्नका लागि कानूनको उत्तरविधायिकी परीक्षण, अध्ययन तथा .अनुसन्धान सम्वन्धी कार्यविधिको मस्यौदा निर्माणका लागि मा. कलबहादुर हमालको संयोजकत्वमा मा. इन्द्राकुमारी शाही, मा. गमता वि.क, मा.जुम्कित लामा कार्की र मा. मिलन खड्का रोका सदस्य रहने गरी कार्यविधि मस्यौदा उपसमिति गठन गर्ने निर्णय गरिएको सम्पन्न भएको छ् ।