सुर्खेत वीरेन्द्रनगरबाट लागुऔषध सहित तिन जना पक्राउ
सुर्खेतको वीरेन्द्रनगरबाट लागुऔषध सहित तिन जना पक्राउ गरेका छन् । लागुऔषध नियन्त्रण व्युरो शाखा कार्यालय सुर्खेत र सो कार्यालयबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले तिन जनालाई पक्राउ गरेको जनाएको छ ।
पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका वडा नं ४ चन्द्रमान चोक बस्ने २३ वर्षका तपेन्द्र बहादुर शाही, वीरेन्द्रनगर नगरपालिका वडा नं ३ बस्ने अन्दाजी २९ बर्षका सन्तोष बैगार र वीरेन्द्रनगर ४ मित्रनगर बस्ने ३२ बर्षका तारा बिक रहेका छन् । पक्राउ परेका शाहीबाट शुद्ध १०० मिलिग्राम सहित, आईतबार वीरेन्द्रनगर ४ हिलेखालीबाट पक्राउ गरिको थियो । यस्तै बैगारलाई शुद्ध ५ सय ३० मिलिग्राम सहित सोमबार पक्राउ गरिएको थियो ।
विकलाई सोहि दिन शुद्ध ५० मिलिग्राम लागुऔषध ब्राउनसगुर धुलो पदार्थ सहित फेलापारी तिनै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । यस्तै सोमबार नै अपराधिक लाभ तथा दस्तखत किर्ते मुद्दाका एक जना फरार प्रतिवादीलाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ ।
किर्ते मुद्धामा ६ महिना कैद र रु। ५०००।– जरिवाना तोकिएकी फरार प्रतिवादी वीरेन्द्रनगर १० बस्ने २४ वर्षकी कमला शर्मा रहेकी छन् । सुर्खेत जिल्ला अदालतको मिति २०७९।०३।२२ गतेको फैसला अनुसार लगत नम्बर ००३५६, आपराधिक लाभ तथा दस्तखत किर्ते मुद्धामा फरार रहेकी उनलाई खोजतलासको क्रममा सादा पोसाकमा खटिएको प्रहरी टोलीले उनकै घरबाट पक्राउ गरेको जनाएको छ ।