योजना मिलाइदिन्छु भन्दै बिर रोकायाले डेढ लाख कमिसन लगे : पिडित कामी
योजना मिलाइदिन्छु भन्दै विचौलीया धन्दामा हुम्ला जिल्ला बढी हावि देखिएको छ् ।
योजना मिलाइदिन्छु भन्दै आश्वासन दिएर हुम्लाको सर्केगाड गाउँपालिका वडा नं ६ बराँइ स्थायी बिर बहादुर रोकायाले ताँजाकोट गाउँपालिका वडा नम्वर ५ मदाना चिहि स्थायी निवासी लाल बहादुर कामी बाट एक लाख असी हजार कमिशन लिएको खुलेको हो ।
२०२१ सेप्टे्म्वर २८ को मितिमा रोकायाको एभरेष्ट बैङ्कमा रहेको खाता नम्बर ०३१००५१६२०११४२ लाल बहादुर कामीको श्रीमति दिपा कामीले रु १००००० एक लाख र सोहि खातामा लाल बहादुर कामीले सोहि समयमा ५०,००० पचास हजार अर्को समयमा ३०,००० तिस हजार जम्मा भएको उनीहरुले बताएका छन् ।
लाल बहादुर कामी र , श्रीमती दिपा कामीले रोकायालाई काम कहिले हुन्छ भनेर सोधेपछि उल्टै थर्काउने र अन्तिममा आएर सम्पर्कविहीन भएपछि पीडित परिवार नयाँ नेपाललार्ई गुर्हान बाध्य भएका छन्।
धेरै लामो समयसम्म सम्पर्कविहीन भएपछि फोन गरेको पटक पटक नम्बर फेरबदल गरिरहने र सामाजिक सञ्जालमा फोटो पोष्ट गर्दा पनि रोकायालाई ट्रयाकमा ल्याउन सकिएन उल्टै थर्काएको छ् ।
योजना मिलाईदिने प्रलोभनमा पारेर रोकायाले आफ्नो खातामा पैसा हाल्न लगाएको तर दुई वर्ष बितिसक्दा पनि सम्पर्कबिहिन भयो अहिलेसम्म न पैसा फिर्ता दिएको छ न योजना नै मिलाईदिएको छ पिडित कामिले बताए।
आरोपित रोकायालाई सम्पर्क गर्दा आफूले उनीहरुबाट गैरकानुनी रुपमा आफ्नो खातामा पैसा जम्मा गर्न लगाएको र फिर्ता गर्ने पनि बताए । उनी बुद्ध एयर सुर्खेत विमानस्थलमा कार्यरत कर्मचारी हुन् ।
भौचर पनि हेर्नुस