२०८१, २२ आश्विन मंगलवार

कर्णाली प्रदेशमा ३ कार्यालयको संयुक्त सार्वजनिक सुनुवाइ

कर्णाली प्रदेशमा  मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय कर्णाली प्रदेश र प्रदेश कार्यक्रम कार्यन्वयन ईकाइको आयोजनामा वीरेन्द्रनगरमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।

यातायात व्यवस्था कार्यालय सुर्खेत,भुमि व्यवस्था तथा सहकारी रजिष्टारको कार्यालय र उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयले प्रवाह गर्ने सेवाका शन्दर्भमा केन्द्रीत भएर सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा सहभागिहरुले कार्यालयसंग केन्द्रीत रहेर सेवा सुविधा चुस्त,पारदर्शी र छिटो छरितो बनाउन प्रश्न गरेका थिए ।

यातायात कार्यालयका तर्फबाट कार्यालय प्रमुख मदनकुमार गिरी, भुमि व्यवस्था तथा सहकारी रजिष्टारको कार्यालयका तर्फबाट खुमप्रशाद सुवेदी र उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका तर्फबाट कार्यालय प्रमुख मुकुन्दनाथ योगिले जवाफ दिएका थिए ।

कार्याक्रममा मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका सचिब आनन्द सारुले सेवा ग्राहि सर्वसाधारण र सेवा प्रदायक कार्यालयहरुका विचमा राम्रो सम्बन्ध कायम गर्न तथा दोहोरो सम्बादको बातावरण बनाउन कार्याक्रमको आयोजना गरेको बताए । मुख्यमन्त्री कार्यालयका उपसचिब नेत्र कार्कीले कार्यक्रमको प्रभावकारीता हेरेर थप सेवा कार्यालयहरुमा विस्तार गर्ने जानकारी दिएका थिए ।

सार्वजनिक सुनुवाईको निश्कर्षमा सहकारी शिक्षा र प्रर्बद्धनका लागि मन्त्रालय सङ्ग सहकार्य गरेर आगामि दिनमा बजेट तथा कार्यक्रम सञ्चालन गर्ने, यातायात क्षेत्रलाई प्रभावकारी र छिटो बनाउने तथा बिचौलीया मुक्त बनाएर काम गर्ने, विभिन्न शन्दर्भमा ऋिणु गर्न छुटेका उद्योगहरुको एैन तथा नियमावली संसोधन गरेर भएपनि ऋणु गर्न पहल गर्ने लगाएताको निश्कर्ष सहित प्रतिबद्धता गरिएको थियो ।

कार्यक्रम पत्रकार गणेशकञ्चन भारतीले सहजिकरण गरेका थिए ।