२०८३, १७ असार बुधबार

भूकम्प अपडेट : घाइते २५ जनाको प्रदेश अस्पताल उपचार हुदै

सुर्खेत । भूकम्पमा परी घाइते भएका २५ जनाको सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ ।

एक जनाको घाइते निको भएर डिस्चार्ज भएको र एक जनालाई भेन्टिलेटरमा राखेर उपचार गरिरहेको अस्पतालका निर्देशक डा. डम्बर खड्काले बताए  ।

उनका अनुसार ६ जनाको हातखुट्टा भाँचिएका छन् । अन्यको भने सामान्य चोटपटक छ ।