२०८१, २४ भाद्र सोमबार

अमेरीका निबासी पत्रकार ढकालकाे नेतृत्वमा भुकम्प पीडीतलाई सहयाेग

सुर्खेत । अमेरीकामा रहेका नेपालीहरुले जाजरकोटका भुकम्पपिडीतहरुलाई सहयोग गरेका छन्। जाजरकोटमा रहेका सर्वसाधारण र पत्रकारहरुलाई अमेरीका निवासी पत्रकार पुरुषोत्तम ढकालको नेतृत्वमा सहयोग जुटाइएको हो। अमेरीका निबासी रन्जना ढकाल, मित्र रमेश लुइटेल, दधिराम लामिछाने, सागर तिवारी श्रमीक, रबि मोहन अधिकारी, शुसिल न्यौपाने र साथीहरुले भुकम्प पिडीतलाई खाद्यन्न तथा आर्थीक सहयोग गरेका हुन्।

जिल्ला प्रशासन कार्यालय जाजरकोटसंगको समन्वयमा भेरी नगरपालीका १ मा रहेको भुकम्प प्रभावित रावत गाउ, कोलचौर, र लोहार बस्तीका ६० घर परिवारलाई खाद्यान्न वितरण गरिएको हो।

त्यो संगै भुकम्प प्रभावित अग्रज पत्रकार हरिहरसिंह राठौर र भिमबहादुर सिंहलाई दश दश हजार आर्थीक सहयोग तथा अन्य पत्रकारहरुलाई खाद्यान्न सहयोग गरिएको हो।


भुकम्पका कारण भेरी नगरपालीकाको वडा नम्बर १ मा १७ जनाले ज्यान गुमाएका छन् भने संयौ घरहरु पुर्ण रुपमा क्षती भएको छ। भुकप्म पिडीत चन्द्रा कामीले भुकम्पले घर भत्काएपछि सबै खाद्यन्न तथा लत्ता कपडा समेत घरले च्याप्पीएकोले आफुहरुलाई साझ विहानको छाक टार्न समेत मुस्कील भएको अवस्थामा राहातले सहज भएको प्रतिक्रीया दिईन्।

कामीले क्रिपालमुनिको बास भएको र चिसोले रात कटाउनै मुश्कील भएको भन्दै न्यानो कपडा वितरण गर्न सरकार र अन्य दाताहरुसंग आग्रह गरिन्। अमेरीकामा भुकम्प पिडीतका लागि सहयोग जुटाउन नेतृत्व गरिरहेका पत्रकार ढकालले सोहि स्थानका भुकम्प पिडीतका लागि छिट्टै न्यानो लत्ताकपडा तथा स्टेशनरि उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनले आफुहरु अमेरीकामा रहेपनि मन नेपालमै रहेको र दुखमा सानो भएपनि सहयोग गर्न आफुहरुले पहल गरेको बताए। भुकम्पबाट क्षती भएको सोहि बस्तीको पुर्ननिर्माण र भत्कीएका घरहरु बनाउन समेत हातेमालो गर्ने पत्रकार ढकालको भनाई थियो।