जाजरकोट र रुकुम पश्चिमका ३७ घाइते सुर्खेत र नेपालगन्ज रेफर
काठमाडौँ । शुक्रबार रातिको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा सबैभन्दा धेरै क्षति भएको छ। नेपाल प्रहरीले १३३ जनाको मृत्यु भएको र १४० जना घाइते भएको जनाएको छ। यो बिहान १०ः३० सम्मको अद्यावधिक विवरण हो।
प्रहरी प्रधान कार्यालयका अनुसार, गम्भीर घाइतेमध्ये जाजरकोटबाट २२ जनालाई सुर्खेत रेफर गरिएको छ भने ३३ जना जाजरकोटकै विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहकेो छ।
रुकुम पश्चिमका १५ जना गम्भीर घाइतेलाई सुर्खेत र नेपालगन्ज रेफर गरिएको छ। ४० जनाको जिल्लामै उपचार भइरहेको छ। ३० जना भने उपचारपछि घर फर्किएका छन्।