२०८१, ९ असार शनिबार

बालकको मृत्युपछि फरार चालक लेकबेसीबाट पक्राउ

सुर्खेत। मोटरसाइकल दुर्घटना गराउने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ। शनिबार बिहान वीरेन्द्रनगरमा मोटरसाइकलले ठक्कर दिदा दैलेखको आठबिस नगरपालिका खिडकिज्युला स्थायी घर भएका बालक दिग्दर्शन गिरीको मृत्यु भएको थियो।

बालकको मृत्युपछि फरार रहेका मोटरसाइकल चालकलाई लेकबेसीबाट पक्राउ गरेको प्रहरीले जनाएको छ। उनी सोही ठाउँका स्थानीय समेत भएको खुलेको छ।

प्रहरीले उनको पहिचान भने सार्वजनिक गर्न चाहेको छैन। उनको थप अनुसन्धान पछि मात्रै सार्वजनिक गर्ने जनाएको छ।

मृतकका आफन्तले भने शनिबार बिहान देखी आईतबार अपरान्ह सम्मा वीरेन्द्रनगरमा आन्दोलन गरेका थिए।