२०८०, १६ मंसिर शनिबार

कर्णालीमा एमाले अधिवेशन: नयाँ नेतृत्वका लागि मतदान सुरु

सुर्खेत ।नेकपा एमाले कर्णाली प्रदेश कमिटीको नयाँ नेतृत्वका लागि मतदान सुरु भएको छ । आइतबार दिउँसो १ बजेबाट मतदान सुरु भएको हो। असोज १० गतेबाट सुरु भएको नेकपा एमाले कर्णाली प्रदेशको पहिलो अधिवेशन प्रदेश राजधानी वीरेन्द्रनर सुर्खेतको सिटीहलमा जारी रहेको छ।

असोज १२ गते दिउँसो साढे १२ बजेदेखि ६ बजेसम्मलाई मतदान गर्ने समय तोकिए पनि उक्त निर्वाचन तालिका सदै–सर्दै आज ९असोज १३० आइतबार दिउँसो १ बजेबाट मतदान प्रक्रिया सुरु भएको हो।

अध्यक्षमा कालीकोटका मीनबहादुर शाही र सल्यानका गुलावजंग शाहबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ। उपाध्यक्षमा तीन जनाबीच प्रतिस्पर्धा हुने छ। जसमा शाहको टिमबाट टेकराज पछाई र शाहीको टिमबाट लालबहादुर महतारा चुनावी मैदान छन्।

यस्तै, उपाध्यक्षमा मुगुका दानसिंह परियार पनि उम्मेदवार बनेका छन्। यस्तै, सचवि पदमा शाहीको टिमबाट दैलेखका रुद्रबहादुर शाही र शाहको टिमबाट सुर्खेतका ध्रुवकुमार शाही उम्मेदवार बनेका छन्।