२०८०, १६ मंसिर शनिबार

बालकलाई ठक्कर दिएको मोटरसाईकल र चालक नियन्त्रणमा

सुर्खेत   शनिबार सुर्खेतको वीरेन्द्रनगरस्थित एरिचोक नजिक बालकलाई ठक्कर दिएको मोटरसाईकल र चालक नियन्त्रणमा लिईएको छ।

प्रहरीले गुर्भाकोट नगरपालिका–१४ गुमीका ३१ बर्षीय अर्जुन पुनलाई प्रहरीले नियन्त्रणमा लिएको हो। उनको साथबाट कर्णाली प्रदेश ०३–००२ प ९२०३ नम्बरको मोटरसाईलक पनि नियन्त्रणमा लिएको हो।

उक्त मोटरसाईकलको ठक्करबाट शनिबार आठविस नगरपालिका–६ खिड्कीज्युलकाबर्षीय दिग्दर्शन पुरीको मृत्यु भएको थियो । यरिचोक नजिकको गोकुल कटेज नजिकै उक्त मोटरसाईकलले मामाको घरबाट फुपुको घर जाँदै गरेका बालक पुरीलाई ठक्कर दिएको थियो ।

ठक्करबाट घाईते भएका बालकलाई उपचारका लागि कर्णाली केयर अस्पताल लगिएको थियो। उनको उपचारका क्रममा मृत्यु भएको थियो।

घटनापछि फरार रहेका चालक र मोटरसाईकललाई शनिबार बेलुका प्रहरीले नियन्त्रणमा लिएको हो। बालकका आफन्तहरुले पीडकलाई पक्राउ गरी कारबाही गर्नुपर्ने माग गर्दै वीरेन्द्रनगरमा आन्दोलन गरेका थिए। उनीहरुले कर्णाली राजमार्गको दैलेख खण्डमामा पनि सडक अवरुद्ध गरेका थिए ।