२०८१, ८ बैशाख शनिबार

कालिकोटको पलाँता गाउँपालिकामा अध्यक्षसहित सबै वडामा माओवादी केन्द्र विजयी

 

सुर्खेत । कालिकोटको पलाँता गाउँपालिकामा माओवादी केन्द्रले गाउँपालिका अध्यक्षसहित सबै वडामा माओवादी केन्द्रका वडा अध्यक्ष विजयी भएका छन् । सोमबार बिहान सार्वजनिक भएको निर्वाचनको नतिजा अनुसार गाउँपालिका अध्यक्षसहित नौ वटै वडामा माओवादी केन्द्रका उम्मेदवारहरु विजयी भएका हुन् ।
गाउँपालिकाका अध्यक्षमा इन्द्रबहादुर रोकाय, उपाध्यक्षमा अलैपुरा जैशी विजयी भएका छन् ।
नौ वटा वडा रहेको गाउँपालिकामा एउटा वडामा बागी उम्मेदवार विजयी भएका छन् ।
निर्वाचन कार्यालयले गरेको घोषणा अनुसार माओवादी केन्द्रबाट वडा नं. १ मा मनप्रसाद न्यौपाने, वडा नं. २ मा भीमप्रसाद न्यौपाने, वडा नं. ३ मा बाँचे विश्वकर्मा, वडा नं. ४ मा तिलकबहादुर बुढा, वडा नं. ५ मा तिलकबहादुर बम, वडा नं. ६ ज्ञानबहादुर ऐडी, वडा नं.७ माओवादी केन्द्रकै बागी उम्मेदवार उमेश बम, वडा नं. ८ मा माओवादी केन्द्रकै गोगनबहादुर बम र वडा नं. ९ मा रामबहादुर बम विजयी भएका छन् ।