२०८३, १७ असार बुधबार

गठबन्धन निरन्तरताबारे प्रचण्ड र गृहमन्त्रीबीच छलफल

गृहमन्त्री बालकृष्ण खाँणले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व-प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन्।

प्रचण्ड निवास खुमलटार पुगेर गृहमन्त्री खाँणले समसामयिक राजनीतिका विषयमा छलफल गरेका हुन्।

भेटमा सङ्घीय संसद्‍मा पेस भएको आगामी आर्थिक वर्षको बजेट, सरकारले संसद्‍मा पेस गर्न लागेका विभिन्न विधेयक, स्थानीय तह निर्वाचनको समीक्षा र सत्तारूढ दलको गठबन्धनलाई निरन्तरता दिनेबारे छलफल भएको गृहमन्त्री खाँणको सचिवालयले जनाएको छ।

सरकारले प्रतिनिधिसभाको जारी अधिवेशनमा राजनीतिक दलहरूबीचको सहमतिमा नागरिकता विधेयक पेस गर्ने तयारी गरेकामा त्यसबारे पनि छलफल भएको थियो।