२०८३, १७ असार बुधबार

एक दिने क्षमता विकास तालिम

सुर्खेत । जन सेवा संघ सुर्खेतको आयोजनामा एक दिने क्षमता विकास तालिम वीरेन्द्रनगरमा सम्पन्न भएको छ । वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोगमा संचालन गरिएको तालिममा ६५ जनाको सहभागिता रहेको थियो ।

वीरेन्द्रनगर नगरपालिका भित्रका बेरोजगार युवा युवतिको क्षमता अभिवृद्धि गरी गरिबी न्यूनिकरण गर्ने उद्देश्यका साथ तिन वटा बिषयमा प्रशिक्षण दिएको संस्थाका अध्यक्ष डा. हरि प्रसाद शर्माले जानकारी दिए ।

गरिबी न्यूनिकरणका लागि उद्यमशिलता, मानव अधिकार, स्थानीय योजना तर्जुमा जस्ता बिषयमा तालिम सञ्चालन गरिएको आयोजकले बताएको छ । तालिममा डा. शर्मा सहित वीरेन्द्रनगर नगरपालिका योजना शाखाका अधिकृत टंक लामिछाने प्रशिक्षण दिएका थिए ।