३ जना फरार अभियुक्त पक्राउ
सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले तिन जना फरार अभियुक्त पक्राउ गरेका छन् । सोमबार वीरेन्द्रनगर १२ स्थित सहकारी चोक नजिकैबाट पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा वीरेन्द्रनगर–५ निवासी बहुविवाह मुद्दामा ११ महिना ६ दिन कैद सजार र ५ हजार जरिवाना तोकिएका ३७ बर्षीया भिमबहादुर सुनार, सोहि ठाउँका वहुविवाहको मुद्दामा ११ महिना ६ दिन कैद सजाय ५ हजार जरिवाना सजाए तोकिएका ३३ बर्षीया जानकी सुनार र सोहि ठाउँकै भबितव्य ज्यान मुद्दामा ५ सय जरिवाना भएका ३८ बर्षीया खगेन्द्रबहादुर राजी गरी तिन जना पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट सादा पोषाकमा आएको प्रहरीको टोलीले नियन्त्रणमा लिएर जिल्ला अदालतमा बुझाउन पहल भएको बताएको जानकारी दिएको छ ।
