२०८१, १ चैत्र शनिबार

विद्यालयमा युवाद्वारा रंगरोगन र सरसफाई

सुर्खेत, १० साउन ।
वीरेन्द्रनगर ९ लाटीकोईलीको चाँदनी चौकीमा रहेको नेपाल राष्ट्रिय आधारभुत विधालयमा युवाहरुद्वारा रंगरोगन गरिएको छ । लाटीकोईलीमा रहेका युवाहरुको समुहले विधालयमा शनिबार सरसफाई र जिर्ण भएको विधालयमा रंगरोगन गरेका हुन । बर्षौदेखि जिर्ण अवस्थामा रहेको विधालयलाई युवाहरुले सरसफाई र रंगरोनगरेपछि अहिले विधालयलाई दुलही झै सिंगारीएको हो ।
२०४४ सालमा स्थापना भएको विधालयमा अहिले २ सय १५ जना बालबालिकाहरुले अध्ययन गर्दै आएका छन । रेडियो भेरीका व्यवस्थापक केशब कोईरालाको आर्थिक सहयोगमा युवाहरुले विधालयमा रंगरोगन गरिएको युवा सनम गिरीले जानकारी दिए । आफुहरुले गाँउटोलमा संरक्षणको अभाव र राज्यको नजर पुग्न नसकेको स्थानमा सामाजिक कार्यहरु गर्दै आएको स्थानिय युवा बसन्त गिरी, सुरज केसी, अनिल दाहलले सधै लागी पर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा विधालयका प्रधानध्यापक निमबहादुर शाहले युवाहरुले सहयोग गरेको प्रति धन्यवाद दिदै उहाँहरुप्रति आभार प्रकट गरे । यस्तै लाटीकोईलीका स्थानिय युवाहरुका संरक्षण नारायण विक्रम जिसीले ९ नम्बर वडामा रहेका सामाजिक सम्पदाहरुको संरक्षणमा युवाहरुले देखाएको र गरेको काम उल्लेखनिय रहेको बताए । कार्यक्रममा वडा नम्बर ९ का वडा सदस्य पुरन शाही र टिका विकले आफुहरु चाँदनी चौकीको स्थानिय पनि भएको र यो क्षेत्रका धेरै बालबालिका अध्ययन गर्ने विधालय जिर्ण भएको बेला युवाहरुले गरेको कामको प्रशंसा गरे ।
सरसफाई कार्यक्रममा अनमोल श्रेष्ठ, नारायण थापा, कुशल श्रेष्ठ लगायत ९ नम्बर वडाका युवाहरुलाई सहयोग गर्न कैची ग्याङ समहुका युवाहरु पनि सहभागीता रहेको थियो । पछिल्लो समय ९ नम्बर वडाका युवाहरुको संक्रियतामा काँक्रेविहार संमरक्षण क्षेत्रमा जरायोको आहाराको लागी सुपरनेपिर घासँ १५ सय विरुवा वृक्षारोपन गरिएको छ । उनिहरुले स्थानिय शिव मन्दीरमा सरसफाई सहित सामाजिक क्रियाकलाप गर्दै आएका छन । सरसफाईमा सहभागी ३५ जना युवाहरुको लागी खाना खाजाको व्यवस्था एकदेव गिरी, रेमश थापा, राजन गिरी र गोविन्द्र गिरीले गरेका हुन ।