२०८१, १ चैत्र शनिबार

वीरेन्द्रनगरमा चैते धान पाक्दा कृषकसँगै कर्णाली सरकार मुस्कुरायो, आगामी वर्ष वीउ बाँडने तयारी

सुर्खेत, १० साउन ।
वीरेन्द्रनगरमा चैते धान पाक्न सुरु भएको छ । वीरेन्द्रनगर नगरपालिकामा २०४८ भन्दा पहिले चैते धान रोप्ने गरिएपनि त्यसपछि खेति हुन छाडेको थियो । झण्डै तीन दशकपछि सुखेृत उद्योग वाणिज्य संघका उपाध्यक्ष दिपेन्द्र ढकालले वीननपा ११ ध्ुलियाविटमा सप्तरीको जलेश्वरबाट ‘हर्दिनाथ–३’ जातको चैते धान रोपेको सवा तीन महिना पुग्नै लाग्दा धान पाकेपछि उनमा खुशी छाएको छ । ‘यो धान सामान्यतया एक सय बीस दिनमा पाक्ने गर्दछ । मैले सुरुवाती मात्रै गरेको हो । जग्गा बाँधmो राख्नु भन्दा चैते धान नै रोपेर भएपनि उत्पादनमा हात हालौं कि भनेर रोपाई गरेको हो ।’ उनले भने, ‘अहिले अनुमानित प्रति रोपनी पाँच मुरी धान फल्ने अपेक्षा छ । १२ रोपनी जग्गामा मैले धान रोपेको हो ।’ उनले लकडाउनका कारण चैत महिनाको एक दुइ गते नै रोप्नु पर्ने धान रोपाई ढिलो भएको बताए । ‘चैत महिनाको एक दुइ गते नै धान रोपाईका लागि जिल्ला प्रशासन कार्यालयसँग अनुमति मागेको थिएँ । मैले धान चैत २८ गते रोपेको हो ।’ उनी भन्छन्, ‘मौसममा सुधार भएको खण्डमा आगामी एक दुइ दिनमा धान काटने र वर्षे धान रोप्ने तयारी गरेको छु ।’ उनले चैत पछि खेत बाँझो राख्नु भन्दा यसरी धान रोपेको खण्डमा किसानले दोहोरा फाईदा पाउने बताए ।


उनले त्यहाँ माछापालन पनि गरिरहेका छन् । ‘माछा पालन गरेको पानी मलिलो हुन्छ र खेति पनि हुन्छ भन्ने लागेर धान रोपेको हो ।’ उनी भन्छन्, ‘साउन २५ भित्र धान रोपेर सक्ने योजना छ ।’
यता, वीरेन्द्रनगरमै चैते धान फलेको देखेपछि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसी चैते धान रोपाईलाई प्रदेश भरि नै विस्त ागर्ने योजनामा रहेकी छिन् । ‘सल्यान, जाजरकोट, दैलेखलगायतका पहाडी जिल्लाको सिंचाइ हुने स्थानमा आगामी चैतमा यो धानको वीउ बाँडने र धान खेति गर्न प्रोत्साहन गर्ने योजना मन्त्रालयले बनाउँछ ।’ उनी भन्छिन, ‘वीउ खरिद गर्ने, मूल वीउ उत्पादन गर्ने जस्ता कार्यक्रम ल्याउन हामी लाग्नेछौं । उहाँको बारीमा फलेको धान हेर्दा कर्णालीलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन चैते धानले महत्वपूर्ण योगदान दिने अपेक्षा मैले गरेकी छु ।’ उनले सुरुको चरणमा सिंचाई हुने स्थानमा रोपाई गरिने र त्यसपछि भौतिक पूर्वाधार निर्माण गरेर चैते धानलाई गर्मी हुने स्थानमा फलाउने गरी सरकार अघि बढने बताईन । ‘अहिले सिंचाई हुने र गर्मी हुने स्थानमा मात्रै यो धान खेती गर्ने गरी हामी अघि बढछौं ।’ उनले भनिन, ‘त्यसपछि सिंचाईलगायतका पूर्वाधारहरुको विकास गरेर उत्पादन हुनसक्ने स्थान छानेर यो धानको खेति गर्ने योजना बनाउँछौं । यसले कर्णालीमा खाद्यान्न उत्पादनमा ठूलो योगदान दिने हाम्रो अपेक्षा छ ।’ उनले लकडाउनका कारण उत्पादनमा असर पर्ने देखिएको भएपनि त्यसलाई कम गर्न मन्त्रालयले विभिन्न कोणबाट अध्ययन गरिरहेको बताईन ।