२०८३, १८ असार बिहीबार

कृषि र विपद्बारे छलफल

सुर्खेत ।
सार्वजनिक सेवा निगरानीका साझा सूचकका विषयमा वीरेन्द्रनगरमा छलफल गरिएको छ । सुन्दर नेपालको आयोजनामा उक्त छलफल गरिएको हो । छलफल कार्यक्रममा कृषि र विपद् व्यवस्थापनका विषयमा सहभागीले छलफल गरेका थिए । नागरिक समाजका पीताम्बर ढकालले जनतामा कृषि र विपद् सम्बन्धी धेरै अपेक्षा भएको र सोही अनुसार पूरा नभएको बताउनुभयो ।

सरकार र कर्मचारीको लापरबाहीका कारण जनताका अपेक्षा पूरा हुन नसकेको भन्दै उनले परनिर्भर भन्दा आत्मनिर्भरतिर लाग्नु पर्ने बताए । त्यस्तै सुन्दर नेपालका कार्यकारी निर्देशक भूपेन्द्रप्रसाद कँडेलले स्थानीयतहले बनाएका नीतिको निगरानी गर्न आवश्यक भएको बताए । उक्त नीति कार्यान्वयन गर्न र प्रभावकारीता गराउन नागरिकको निगरानी आवश्यक भएको उनको भनाइ छ । किसान परियोजनाकी एरिया कोर्नेटर लक्ष्मी तिवारीले कृषिमा राहतकोष आवश्यक रहेको बताइन् । विपद्को समयमा किसानले लगाएको ठूलो बालीमा क्ष्यतिपुग्ने र राहतनपाउँदालगानी खेर जाने हुँदा कृषिमा राहतकोष आवश्यकहुने उनको भनाइ छ ।