२०८३, १७ असार बुधबार

बाल बिवाह न्यूनिकरणका लागी प्रहरीको घरदैलो अभियान

सुर्खेत ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत जिल्ला प्रहरी कार्यलय सुर्खेतको आयोजनामा सुर्खेतको वीरेन्द्रनगर २ कोलडाँडा स्थित प्रभात माध्यमिक बिद्यालयमा बाल बिवाह, लागुऔषध, घरेलु हिंसाविरूद्व समुदाय प्रहरी कार्यक्रम अन्र्तगत अन्र्तक्रया सम्पन्न भएको छ। कार्यक्रममा बोल्दै स्थानिय, अभिभावक, बिद्यर्थि लगाएत उपस्थितले आफ्नो भनाई सहित जिज्ञासा राखेका थिए ।
सोहि क्षेत्रमा लागु औषध, दुर्बेशन बढेको, महिला मात्र मध्यपानमा लागेकाले बालबालीकाको मनस्थिती खस्केको लगाएतका समस्या देखिएको तथा घरेलु मधिरा उत्पादन तथा बिक्री अत्याधिक बढेको तथा जिल्ला प्रहरीमा धरै बालबिवहाका मुद्धा सोहि वडाबाट परेकोले त्यसलाई न्यूनिकरण गर्न कार्यक्रमको आयोजना गरीएको जिल्ला प्रहरी कार्यलय सुर्खेतका प्रमुख एसपी डिल्ली राज पन्तले जानकारी दिए । उनले गाउँमा कुनै घटना घटे सिधै आफुलाइृ खबर गर्न आग्रह गरे ।
कार्यक्रममा कर्णाली पर्देश प्रहरी कार्यालयका प्रमुख डिआईजी पुर्णचन्द्र जोशीले बाल बिवाह गर्ने गराउने दुबै कानुनि रुपमा दोशि रहने र त्यस्तो गर्ने गराउने लाई ३ महिना कैद र तिस हजार जरीवाना हुने भन्दै सचेत रहनु पर्ने बताए । यदि कसैले बाल बिवहा गरेको थाहा पाउनासाथ नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा खबर गरी सहयोग गर्न आग्रह गरे । महिलाहरु बिस बर्ष पछि मात्रै बच्चा जन्माउन शारिरीक रुपमा तयार हुने भएकाले बाल बिवहा नगर्न अनुरोध गरे । बालबिवहाकै कारण समाजमा बहुबिवहा, घरेलु हिसां बढेको भन्दै त्यसलाई न्यूकरण गर्न सबै लाग्नुपर्ने बताए । कक्षा १२ को सर्टि्फिकेट अब सुर्खेतबाटै निकाल्न मिल्ने कक्षा १२ को सर्टि्फिकेट निकाल्न कोहलपुर जानुपर्ने बाध्यताको अन्त्य भएको छ । राष्ट्रिय परीक्षा वोर्ड, प्रदेश परीक्षा व्यवस्थापन कार्यालय सुर्खेतले कक्षा १२ का सर्टि्फिकेट सुर्खेतबाट नै वितरण गर्न लागेको हो ।