परिणाममुखी काम गर्न मुख्यमन्त्री शाहीको निर्देशन
सुर्खेत ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले योजना कार्यान्वयनलाई तिव्र वनाउन निर्देशन दिएका छन् । शुक्रवार भौतिक पुर्वाधार विकास मन्त्रालयको प्रथम चौमासिक प्रगति समिक्षा गोष्ठीलाई सम्वोधन गर्दै योजना कार्यान्वयन र वजेट खर्चलाई तिव्रता दिन निर्देशन दिएका हुन ।
भौतिक पुर्वाधार विकास मन्त्रीको समेत जिम्मेवारी सम्हालेका मुख्यमन्त्री शाहीले मन्त्रालय मातहतका निर्देशनालय तथा जिल्ला कार्यालयका कर्मचारीहरुलाई निर्देशन दिदै भने ‘कागजमा समय खेर फाल्ने भन्दा परिणाममुखी कामगर्नुस ।’ उनले विधि प्रक्रियाको नाममा योजना कार्यान्वयनलाई ढिला गर्ने, काम रोक्ने, टेवलमै कामअल्झाउने प्रवृत्ति सह्य नहुने बताए ।
भौतिक पुर्वाधार विकास मन्त्रालयको वजेट कार्यान्वयनले नै समग्र प्रदेश सरकारको प्रभावकारिता निर्धारण हुने भन्दै मुख्यमन्त्री शाहीले विगत बर्षवाट पाठ सिकेर वजेट कार्यान्वयनको गतिलाई वढाउनुपर्ने बताए । मन्त्रालयमातहतका कार्यालयलाई समय तालिका तय गरेर कामगर्न निर्देशनदिदै मुख्यमन्त्री शाहीले समय तालिका बमोजिम काम भए नभएको मन्त्रालयले अनुगमन गर्ने बताए ।
प्रदेश सरकारले तय गरेको नयाँ संगठन संरचना वमोजिमका कार्यालय स्थापना तथा कर्मचारी व्यवस्थापनका कारण वजेट कार्यान्वयनमा केही ढिलाई भएको भएपनिदोश्रो चौमासिकमा मन्त्रालयमा प्राप्त बजेट खर्च गरिसक्ने स्प्रिटका साथकाम गर्न मुख्यमन्त्री शाहीले निर्देशन दिए ।
