दैेलेखका स्नातकोत्तरवाला पौड्यालको कमालः गाउँको परिचय नै बदलिदिए
सुर्खेत ।
पछिल्लो समयमा स्नातक, सनातकोत्तर वा त्यो भन्दा कम या बढी शिक्षा ग्हण गरेका शिक्षित जनशक्ति विदेशिने क्रम बढेको छ । कर्णालीका अधिकांश युवाहरु भारत तथा खाडी मुलुकमा श्रम विक्री गरिरहेका छन् ।
काम गर्ने भन्दै हरेक वर्षको ६ महिना भारतका विभिन्न शहरमा ज्याला मजदुरी गर्ने कर्णालकिा युवाको संख्या लाखौं छ ।
भारतको कुनै यस्तो शहर नहोला जहाँ कर्णालीका युवाहरुले श्रम नबगाएको होस, पसिना नचुहाएको होस तर दैलेखमा एक यस्ता कृषक छन जसले स्नातकोत्तरको पढाई सकेर गाउँमा अलैंचिको बेर्ना उत्पादन गरिरहेका छन् । ती प्रेरणादायक युवा हुन, मोहन पौड्याल ।
दैलेख जिल्लाको भैरवी गाउँपालिका–७ मान्म निवासी मोहन पौड्याल अहिले ३५ वर्षका भए । २०६५ सालमा ग्रामीण विकास विषयमा स्नातकोत्तर गरेका पौड्याल हालसम्म विभिन्न गैरसरकारी संस्थाको परियोजनामा काम गरिसकेका छन् ।
उनि अहिले दैलेखकै गुराँस गाउँपालिकाको रोजगार संयोजक पदमा कार्यरत छन् ।
उनको गाउँमा ५० घरधुरी छन् । अहिले हरेकको घरमा अलैंचीका बेर्नाबाट मनग्ये आम्दानी आइरहेको छ । समाजमा कुनै एकजनाको अभियान र अन्यको समर्थनको कारण गाउँ समृद्ध बनेको छ ।
गाउँमा अहिले कालापहाड अर्थात पैसा कमाउन भारत कोही जाँदैनन् । सम्भावना अनेक बोकेपनि नेतृत्व गर्नेको अभावले गाउँ आयातमुखी थियो तर अहिले निर्यातमुखी बनेको छ ।
‘२०६२ सालमा पौड्याल स्नातक सकेर स्नातकोत्तरको लागि काठमाडौं गए । काठमान्डौंमा पढाइ खर्च जुटाउनका लागि र केहि नयाँ काम गरौँ भनेर सुर्खेतमा रहेको चार लाखको घडेरी बेचेर काठमाडौंमा मोजा फ्याक्ट्री खोल्ने विचार गरेर गरे । चारवटा मेसिन राखेर काम सुरु गरे ।’ उनी भन्छन्, ‘आफूले साचेजस्तो फाइदा पनि हुन सकेन । देशमा जनआन्दोलन चलिरहेको थियो । चाइनिज मोजाहरूले गर्दा पौड्यालले उत्पादन गरको मोजा सस्तोमा उपलब्ध भएर विस्थापित हनु जाने स्थितिमा पुगँे र मैले त्यो मासिक तीन हजारमा भाडामा दिएर आफूले स्नातकोत्तर पढ्न थालेँ ।’
विभिन्न सरकारी तथा गैरसकारी निकायमा काम गरेरअनुभव लिइरहेका पौड्याललाई जागिरको आम्दानीबाट मात्रै जीवन यापन गर्न सजिलो लागेन । ‘दैलेख जिल्ला सदरमुकाममा रहँदा इन्टरनेटको को पहचँु सहज भएकाले कृिष सम्बन्धी खोज र विभिन्न नयाँ नयाँ व्यक्तिहरूको सम्पर्क भयो । त्यसपछि २०७२ सालमा इलामको कष्ृाकसँग भटे गरेर र सल्लाह सझुाव लिएर अलैची नर्सर्री करिब डढे लाखको लगानीमा सुरु गरे ।’
उनी भन्छन्, ‘थोरेै बिरुवाबाट सुरु गर्दा पनि अहिले साढे दुइ क्वीण्टल भन्दा बढी अलैंची गाउँबाट बिक्री गरिसकेको छु । करिब आठ लाखभन्दा बढी अलैंचीका बिरुवा तयार छन् ।’ गाउमाँ अलचंैी उनीले आफू मात्रै लगाएका छैनन् । गाउकाँ पा्रयः सबैंको बारीमा अलैंची छन् । भखर्रै मात्र गाउँबाट १५ लाख रुपियाँ बराबरको बिरुवा नियार्त भइसककेको छ ।
‘२०७४ सालदेखि सहयात्रा परियोजनामा काम गर्न थालेँ । त्यसयता आफूले केही नगर्ने र किसानले गरेनन् भन्ने धारणा भएकाहरूबाट विकल्प खोज्न शिक्षित यवुाहरू लाग्नपुर्ने देखे । जागिर गर्नेबाट पनि केही नमुना काम गरिदिउँ, अरुलाई पनि हौसला हुन्छ भन्ने सोचेर आफ्नै ठाउँबाट विभिन्न कार्य सुरु गर्ने सोच गरे ।’
छुर्पि उत्पादन गर्ने सोचबाट वयवसाय सुरु गरेका पौड्यालले इलाममा दुइ जनालाई यस विषयमा तालिम लिन पठाए । मेसिन खरिद गरे, इलामकै एकजना दक्ष व्यत्तिलाई दुई महिनाको लागि करिब ५० हजार रकम दिएर बोलाए । छुर्पी कसरी बनाउने भन्ने अनुसन्धानकै लागि उनले करिब एक लाख रकम खर्च गरे । छर्पुीको बजार पठाउने ठाउँमा पठाउन नसकेर चार महिनामा झण्डै १२ क्वीण्टल गोदाममा थन्किन पुग्यो ।
‘आफ्नो जागिरको तलब बझुेर किसानलाई लाखौं दुधको पैसा दिन बाध्य भए । तलबले पनि किसानलाई दिने दुधको पैसा प¥ुयाउन उनलाई हम्मे–हम्मेहनु थाल्यो ।ऋण गरेर पनि किसानलाई भने दुध खरिद गरेको पैसा दिए ।’ उनी भन्छन्, ‘त्यो छुर्पीलाई स्थानीय बजारमा पनि पु¥याउने निधो गरेँ । सुरुमा आफ्नो जागीर सँगसँगै १० किलो छुर्पी लिएर दैलेख सदरमुकामका पसलमा जान थालँे । पहिले पहिले त्यसबारे बुझाउन र बिक्री गर्न उनलाई हम्मे प¥यो । दिउँसो जागिर गर्ने र साझँ बिहान छुर्र्पी बेच्न निस्किन्थे मँ ।’
विस्तारै स्थानीय बजारमा उनकोे छुर्पि बिक्री हनु थाल्यो । विस्तारै होलसेल पनि बिक्री हुन थाल्यो र विस्तारै सुर्खेत पनि पठाउन थाले उनले । विस्तारै चार महिनामा बेचेर सके । ‘गतवर्ष नै २१ लाख रकम किसानलाई दुधको भुक्तानी दिएँ । अहिले दुधको मात्रा पनि बढाएको छु ।
नजिकैको गाउबाँट घोडामा दुध खरिद गररे ल्याउने गरेको छु ।’ तीन जनालाई रोजगार िदिएका पौड्यालको उद्योगमा प्रतिदिन ४०० लिटर दुध खपत हुन्छ । उनको उद्योगमा १००० लिटर दुध खपत गर्नसक्ने क्षमता छ । तर पर्याप्त मात्रामा दुध उपलब्ध नहुँदा समस्या छ ।
उनलाई उद्योगपति भनेर हौसला दिएकै कारण आफू यहाँ पुगेको उनको अनुभव छ । ‘सधैंभरी अरुको सामान बेच्ने भन्दा आफूले उत्पादन गरेको सामान बेच्नुमा मलाई गर्व लाग्छ ।’ उनी भन्छन्, ‘सरकारले पनि सुरु नै नगरेकालाइ अनुदान दिनुभन्दा सुरु गरेकालाई सहयोग गर्नुपर्छ । गरिरहेकालाई टेवा दिनपुर्ने उनको भनाइ छ । प्रत्येक घरमा अधिकृत स्तरको कर्मचारी बराबर मासिक ४० हजार कमाइ गरुन् भन्ने आफ्नो चाहना रहेको उनको भनाई थियो ।
त्यसका लागि सरकारले किसानलाई अनुदान देओस भन्ने चाहान्छन् ।
उनले विस्तारै गाउलाँइ ‘एगा्रे टुिरजम’को रूपमा विकास गर्ने सपना देखेका छन् । सबै किसिमका बिरुवाको नर्सरी स्थापना गर्ने योजना राखेका छन । किवी रोपनी गर्ने योजना छ । ‘उत्तीसको मडुाबाटच्याऊ खेतीको विकास गर्ने, बोयर बाखा्र, माछापालन जस्तो व्यवसाय गर्न सकिन्छ ।’ उनी भन्छन्, ‘व्यवसायमा चुनौती देखेर भाग्नु हुँदैन । जसले कमाइ गर्छ, उसले उद्योग खोल्नपुर्ने उनको भनाइ छ ।
गरे के हुन्न र भन्ने मानसिकता बोकेका पौडेल उदाहरणीय व्यक्ति त हुन नै, प्रशंसायोग्य व्यक्ति पनि हुन । जिल्ला कृषी विकास कार्यालयबाट पुरस्कृतसमेत भइसकेका पौडेलको एक मात्र लक्ष्य छ, आफू बसेको गाउँलाई कृषि पेशामा अब्बल बनाउने र यहाँका युवालाई बाहिर जान नदिने मात्रै ।
