कर्णाली प्रदेशको निर्णयः ४ वटा सार्वजनिक बिदा थप
सुर्खेत । देश भरिका अन्य ६ ओटा प्रदेशले मन्त्री परिषद्को बैठकबाट विभिन्न चाड पर्वमा विदा दिने गरेको भएपनि कर्णाली प्रदेश सरकारले अहिलेसम्म बिदा दिने निर्णय गरेको थिएन । कर्णाली प्रदेश सरकारको १९ गते बसेको बैठकले कर्णाली प्रदेशमा वर्ष भरिमा पाँच दिन थप बिदा दिने निर्णय गरेको छ ।
सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला के.सी.का अनुसार सरकारले कर्णाली प्रदेश प्राप्तीका लागि ज्यान उत्सर्ग गर्ने वीर शदिहरुको सम्झनामा भदौ ४ गते सहिद दिवस, कर्णाली प्रदेशको निर्णय ४ वटा सार्वजनिक बिदा थप माघ एक गते माघेसंक्रान्ती, साउन १ गते देउडा पर्व एवम् साउने संक्राती, भोट ल्होसार र बकर इदको अवसरमा विदा दिने निर्णय गरेको हो ।
यस्तै मन्त्री परिषद्को बैठकले विभिन्न नौं वटा कार्यविधि पारित गरेको छ । यस्तै सरकारले भेरी बबई ड्राइभर्सन आया ेजनाक ा े दा ँया किनाराबाट थप जलविद्युत्त उत्पादन गर्ने बारे सम्भाव्यता अध्ययन, लागत अनुमान, विस्तृत परियोजना प्रतिवेदन आयोजनाबाटै तयार गरी प्रदेश सरकारलाई दिन नेपाल सरकार समक्ष अनुरोध गर्ने निर्णय गरेको छ ।
