भाई ‘पत्रकार’का दुःख
रिपोटिङ्गको शिलशिलामा प्राय स्थानीय तहरुमा जाने काम परिरहन्छ रिपोटिङ्गकै लागि केही दिन अघि एक स्थानीय तहमा गएको थिए । यसले वर्ष भरी गरेका प्रगतीको विवरण रिपोटिङ्गको विषय थियो ।
। सिधै संचार सल्लाहकारको कार्य कक्षमा गए । आफ्नो व्यवहोरा बताए । अपरिचित जस्तो कुन मिडियाबाट आएको भन्दै प्रश्न गरे ? चिनेजाने कै थिए दाई । छोटो अनौपचारिक वार्तापछि सम्बन्धित फाँटका मान्छे नआएको बताए । पहिलो दिन रिपोटिङ्ग नै नगरी फर्किए म । त्यसै गरि दोस्रो, तेस्रो र चौथो दिन सम्म गए तर मैले रिपोटिङ्गकोे विषयवस्तु पुरा जानकारी नै पाउन सकिन । तराईको प्रचण्ड गर्मी, सधै आउथे– जान्थे ।
डेस्क हेर्ने दाईले किन रिपोटिङ्ग नगरेको भनेर सधै भनिरहन्थे । हुँदाहुँदा त्यो विषयबारे समाचार संकलन नै हुन सकेन । खासमा ती दाई पनि पत्रकार थिए कुनै बेला । सेवाग्राहीलाई गर्नु पर्ने जस्तो व्यवहार नै देखिन ।
उमेर र अनुभवका हिसाबले सानै भएपनि म पनि त पत्रकार थिए । र उनी पनि । नियम अनुसार उनले मलाई सूचना दिनु प¥थ्यो नै । पेसागत र मानवीय नाताले भएपनि उनले मलाई चाहिएको सूचना प्रदान गर्नको लागि सहयोग गर्नु प¥थ्यो त्यो भएन ।
त्यसै गरी २०७४ को चुनावको बेला निर्वाचन सुरक्षाको लागि म्यादी प्रहरीको छनोट कार्य भईरहेको थियो । अघिल्लो दिन म्यादी प्रहरी भर्नामा राजनितिक र आर्थिक चलखल भएको विषयमा रिपोटिङ्ग गरेको थिए ।
म्यादी प्रहरी भर्नाको विषयमा खास कुरा बुझ्न डिएपसी सापलाई भेट्ने तय भएको थियो । १० बजेपछि आफुलाई चाहिने सबै सामग्रीको जोहो गरेर जिल्ला प्रहरी कार्यालय जुम्लाको परिसर भित्र छिरे । म्यादी प्रहरीको छनोट चलिरहेको थियो । महिला र पुरुषको छुट्टै समुह थियो । म भने पुरुष तिरको छनोट स्थल तिर गएर उभिए । अलि अगाडी उभिएर हेरिहेको थिए । धेरै जना मैले चिने कै साथी थिए ।
एक्कसी एक प्रहरी दाई आएर ‘ए भाई के उभिरा छिटो लुगा फुकाल भन्नु भयो ।’ म त रन भुल्लमा परे । एक जना अर्को मलाई चिनेको प्रहरी थिए । मलाई लुगा फुकाल भन्ने पुलिसलाई हात समातेर उता लिएर गए । त्यस पछि आफैलाई असजिलो फिलिंस भयो ।
म सिधै डिएसपी को कक्षले तिर लागे । अलि उता गएर ठुलो स्वरमा के भन्या उहाँ त पत्रकार हो ।मान्छे चिन्दैनस् भन्दै हप्काउदै थिए । अन्र्तवार्ता सकिए पछि म फर्किए ।
लामो समय सम्म प्रहरी दाईले म संग धेरै पटक बोल्ने प्रयास गरिरहेका थिए । एक दिन कुरा भयो संयोगले प्रहरी भित्र संचार हेर्ने उसैले रहेछ । अघिल्लो दिनको समाचारको कारण पत्रकार पृष्टभूमिका ति प्रहरीलाई स्पष्टीकरण सोधिएको रहेछ । पत्रकारिता थालेको चानचुन चार वर्ष जति भयो ।शुरुवातमा रेडियोेमा १ वर्ष काम गरे बिना पारिश्रमिक । कार्यक्रम प्रस्तोताको रुपमा । त्यस पछि जिल्ला कै अर्को रेडियोमा रिपोर्टरको लागि दरखास्त खुल्यो । आवेदन
दिए । विभिन्न चरण पार गरेर २४ जना मध्यबाट उत्कृष्ट ४ मा छानिए । रेडियोमा जागिर
मिल्यो ।
करिब २ वर्षको यात्राका क्रममा जिन्दगीमा थुप्रै हिंसाका व्यवहार भए खासगरी पत्रकार दाईबाट । रेडियोमा कति घण्टा काम गर्नु पर्छ सबैलाई थाहै छ । उमेर भर्खर १७ कटेर १८ मा लागेको थिए म । सबै ‘दिदी’ र ‘दाई’ पत्रकार थिए । केही महिना त राम्रो केयर गर्थे । पछि समाचार राम्रो भएन,कार्यक्रम कस्तो चलाएको यस्ता पनि भ्वाईस (जनआवाज) यस्तो पनि हुन्छ, कम्युटरमा टाईप गर्न नआउने, कापीमा दुःख लेखेका समचारमा टोकरी बज्थे । कत्ति पटक त सानो–साना कुरामा पनि जागिर बाट निकाली दिने धम्कि दिने ।
एक दिनको कुरा हो, एक्कासी रेडियो मै काम गर्ने सिनियर दाईले सोधे, भाई तिम्रो विचार धारा के हो ? विचार धारा,मधुरो स्वरमा मैले भने,के हो यो विचार धारा भनेको ?स्पष्ट पार्दै उनले थपे कुन पार्टीको कार्यकर्ता हौ तिमी । म रुखको हांगाबाट खसे झै भए । अन्य घटना उल्लेख गरे भने सुधिर शर्माको प्रयोगशाला जत्रै किताब बन्छ । नेपालको समकालिन राजनितिको नालीबेली जो छ ।
यदि सम्म की एक पटक त यती समेत भयो । रिपोर्टर पदमा कार्यरत थिए म । एक चोटी कार्यालय सहयोगीले गर्ने काम गर्न निर्देशन भयो । यि बीचमा यस्ता थुप्रै घटना
भए । अन्नत ः राजिनामा दिए । त्यहाँ काम गर्दा एक जना दाई पत्रकारको सहयोग र प्रेरणाले अहिले सम्म पत्रकारितामा छु । अह ! एक जना दिदी पत्रकार पनि थिईन्, व्यक्तिगत रुपमा एक दमै राम्रो सम्बन्ध थियो । खुब सहयोगी थिईन्, केैयौ पटक उनको गालामा किस गरेको छु । मैले उनलाई दुव्र्यहार,हिंसा गरे
भन्ठान्नुहोला । मायाको नमूना थियो त्यो । मोफसलमा ‘दिदी’ र ‘बैनी’ पत्रकारलाई निकै गाह्रो छ । अहिले दिदी पत्रकारितामा छैनन् । केही समय पछि पुन रेडियो पत्रकारिता मै फर्किए । पहिलाको भन्दा फरक जिम्मेवारीमा । फेरी एक पटक दाई पत्रकारबाट दुव्र्यवहारको सिकार भए । चार महिना मै बिदा गए
त्यहाँबाट । त्यसको एक हप्ता मै रारा तालको जिल्ला मुगुमा गएर पत्रकारिता गर्ने अवसर जुट्यो । रेडियोमा काम गर्ने ‘बैनी’ पत्रकार थिईन्, तिनको नराम्रो व्यवहारको सिकार भए फेरी एक पटक । रारामात्रै स्वच्छ र कन्चन रहेछ । मान्छेहरुको मन रैन रहेछ । कर्णालीको साउने भेल सरी छाल हान्दै आफ्नै मातृभूमि
पु¥याईदियो ।
फेरी पनि रेडियो पत्रकारिता मै जोडिए । दिदी पत्रकारहरुमा एक्लै थिए म । एक जना दिदी पत्रकारको खुरापातीको कुरै गरि साध्य छैन । व्यवस्थापनको जिम्मेवारीमा रहेका कथित दिदी पत्रकारका दुव्र्यहारको सिकार भए । पत्रकारिताको प नै नबुझेका र आफुलाई मात्र क्षमतावान ठान्ने एकलकाटे सोच हुदो रहेछ भन्ने गतिलो प्रमाण त्यही भेटे । त्यही बेला विपिको एउटा भनाई याद आयो ।
‘घमण्डले मानिस फुल्छ तर अघि बढ्न सक्दैन ।’ उनीहरुको हरेक दिनको घमण्डका अगाडी म निरीह नै भए । राजिनामा दिईयो । बारम्बारको दुव्र्यहार, घटियापन, यो या त्यो ढंगको हिंसाले मलाई झन झन बलियो बनाउदै थियो । म मा आफै पनि केही गर्ने आत्म विस्वास बढ्दै गयो । पछि आफ्नै सहकारीको कार्यकारी जिम्मेवारीमा रहे,छु । मलाई तपाईको सहकारीमा जागिर लगाई दिनु न प्लिप भन्दै म्यासेन्जर गर्ने र फोन गर्ने दिदी बैनीले कैयौ पटक अनैतिक
सम्बन्ध सम्मका आसय व्यक्त गर्थे । पटक पटक त्यस्तो भईरहेपछि मोबाईल नै स्विचअफ गर्नु परेको छ । मोफसलमा बसेर पत्रकारिता गरिरहदा यस्ता थुप्रै दुःख भोग्नु परेको छ ।
कतिपय घटना सम्झिदा अहिले पनि यो पत्रकारिता किन अंगालियो जस्तो पनि लाग्छ । एक चोटी त कोठामा चामल सकिदा चाउ –चाउ र सातु संग एक साता बिताएको छु । मोफसलमा पत्रकारिता गरेर लामो समय टिक्नु फलामको च्युरा चपाउनु सरह हो । यहाँ हरेक दिन प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा हिंसाको श्रृंखला चलिरहेको
छ । त्यो भन्दा बढि त भाई पत्रकार अर्थात पुरुषलाई हिंसा गर्ने दिदी पत्रकार पनि छन् । नारी नेतृत्वमा रहेका क्षेत्रमा दाई र भाई पत्रकारलाई निषेध गरिएका उदाहरण पनि छन् । अनि के दिदी र बैनी पत्रकार मात्रै हिंसामा छन् त । फरक यति हो उनीहरु व्यक्त गर्छन् । हामी गर्दैनौ । यसको मतलब हामी हिंसा र दुव्र्यहार सहन्छौ भन्ने पनि होईन । कैयौ पटक बिद्रोह गरिएको छ । यहाँ त दाईले बैनी र दिदीले भाई पत्रकारलाई पनि दुव्र्यहार गर्छन् । केही प्रसंग जोड्यौ, मोफसलको पत्रकारितामा पत्रकार यस्तो क्षेत्र पात्र हो । आफु भोकै बसेर अरुलाई खाना खानु भयो भन्छ । आफु बिसन्चो हुदा समेत अरुलाई सन्चै हुनुहुन्छ भनेर प्रश्न गर्छ ।
पत्रकारिता हतारको साहित्य पनि हो । आफु समयमा कहिल्यै तलब पाउदैन् । उदारोमा काम गर्दै कर्मचारी ,जेष्ठ नागरिकले बृद्ध भत्ता पाएनन्,न्युन ज्यालादारीमा काम गर्दै महिला, समाचारका आकर्षक हेडलाइन् भन्छ । पत्रकारले महिनौ देखी पारिश्रमिक पाएनन् कहिले समाचार बनेका छन् । सरकार मिडिया विद्येयकका नाममा पत्रकारिता क्षेत्र नियमनको प्रयास गर्दै छ । टिठ लाग्दो मिडिया क्षेत्र बिचरा बबुरो पत्रकार हामी । यि मेरा जिन्दगीका यर्थात भोेगाई हुन् । हरेक क्षेत्रमा भएका दुव्र्यवहारका बिरुद्धमा बोल्नै पर्ने बेला भएको छ । विवेक नाम गरेका एक जना सहकर्मी मित्र भन्थे यो पत्रकारिता पेसा त निल्नु न ओकल्नु भयो ।
जय पत्रकारिता जय होस !
मिसनटुडेबाट