२०८१, २४ आश्विन बिहीबार

जनजाति र खपाङ्गीको सम्बन्ध : एकचर्चा 

सन्जय सिन्जाली मगर

सन् २०१३-०४-२५ मा काठमाडौंमा भएको मोटरसाइकल दुर्घटनामा टाउकोमा गम्भीर चोट लागेपछि अचेत गोरेबहादुर खपाङ्गी सन् २०१६-८-२७ मा खपाङ्गीको उपचारको क्रममा राजधानीको न्यूरो अस्पतालमा निधन भएको हो ।

२०५९ सालमा लोकेन्द्रबहादुर चन्द नेतृत्वको सरकारमा महिला, बालबालिका तथा समाज कल्याण मन्त्री भएका बेला राजाको हातबाट टीका थाप्नुलाई धेरैले खपाङ्गीको ‘टर्निङ पोइन्ट’ को रुपमा हेरे ।

शाही सरकारमा मन्त्री बनेका बेला खपाङ्गी राष्ट्रिय जनमुक्ति पार्टी ( राजमुपा ) का महासचिव र मगर संघका अध्यक्ष थिए । तर मन्त्री भएयता भने दुवै संस्थासँग उनको सम्बन्ध चिसियो ।

लोकेन्द्र बहादुर चन्द नेतृत्वको सरकारमा मंन्त्री रहेकै बेला खपाङ्गी को नेतृत्वमा प्रजातान्त्रिक जनमुक्ति पार्टी जन्मभएको तर यो पार्टी ६ बर्ष पछि बिनासर्त राष्ट्रिय जनमुक्ति पार्टीमा बिलय गराइयो । अनि खपाङ्गी उक्त्त एकिकृत पार्टीको बरिष्ठ नेता हुनुभयो । राष्ट्रिय जनमुक्ति पार्टीको चौथो राष्ट्रिय महाधिबेशन २०६७ नवलपरासी मा खपाङ्गीले नेतृत्व लिन खोज्नु भयो । तर झिनो मतले एम.एस थापा संग पराजित हुनुभयो । त्यसपछि उहाँ फेरि पार्टी बाट क्रमश टाढा हुन खोजेको देखिन्छ । पार्टीबाट टाढिन खोजेको खपाङ्गीलाई पार्टीमा राखीराख्न कुनै पदीय जिम्मेवारी को ब्यवस्था पनि पार्टी नेतृत्वले नगरेको वा नचाहेको देखिन्छ । फलस्वरुप नेता खपाङ्गीले राष्ट्रिय जनमुक्ति पार्टी ( चौथो महाधिबेशन समूह ) बनाएर नयाँ पार्टी खोल्ने कसरतमा लाग्नु भयो । यसैबीच उँहा दुर्घटना मा परि अचेत अवस्थामा पुग्नुभयो । उहाँ अचेत रहेको अवस्थामा उहाँको सहयोगीहरु द्धारा उहाँलाई अध्यक्ष राखी ” लिवरल डेमोक्रेटिक पार्टी – नेपाल ” खोल्ने काम भएको हो । पार्टीले संबिधानसभा दोस्रो २०७० को निर्वाचनमा भाग लिएर ३,७२१ मत ल्याएको थियो ।

उनी महासचिव हुँदा राजमुपाले २०४८ मा ३४ हजार ५०९, २०५१ मा ७९ हजार ९९६ र २०५६ को आमनिर्वाचनमा ९४ हजार ८६० मत पाएको थियो । राज्यका हरेक निकायमा जातीय जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व, संघीयता, धर्मनिरपेक्षतालाई मूल मुद्दा बनाएको राजमुपाबाट २०५१ मा सुनसरी–१ र २०५६ मा पाल्पा–१ बाट संसदीय निर्वाचन लडेर खपाङ्गी तेस्रो स्थानमा आएका थिए ।

रामनगर, महोत्तरीमा जन्मेका खपाङ्गी शिक्षाशास्त्रमा स्नातकोत्तर गरेसँगै रामेछापको गौरीशंकर माविमा प्रधानाध्यापक बनेका थिए । कुनै समय जनकपुरको सूर्ती विकास कम्पनीका जागिरे उनी कम्युनिष्ट राजनीतितर्फ आकर्षित भएपछि राष्ट्रिय पञ्चायत सदस्य पृथ्वीमानसिंह भण्डारी ९ राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष शरतसिंह भण्डारीका बुबाुले तत्कालीन उद्योग वाणिज्य मन्त्री नवराज सुवेदीलाई भनी खपाङ्गीलाई शिक्षक बनाएर रामेछाप पठाएको अध्यानमा थाहा पाए।

२०४६ सालको राजनीतिक परिवर्तनपछि भने खपाङ्गी एमएस थापा अध्यक्ष रहेको राजमुपाको संस्थापक महासचिव बन्न पुगे । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी पुष्पलाल समूहको पोलिटब्यूरो सदस्य रहेका थापा कम्युनिष्ट राजनीतिबाट जातीय मुक्ति संभव नदेखेर राजमुपा गठन गरेको देखिन्छ। यद्यपि, उनी खपाङ्गीलाई राजनीतिकभन्दा सामाजिक नेता भन्न रुचाउँछन् ।

रोचक कुरा चाहिं राजमुपाले स्थापनाकालदेखि नै संघीयताको वकालत गर्दै आए पनि खपाङ्गीले भने संघीयतालाई जातीय मुक्तिको बाटो मान्दैनथे । उनले ,“संघीयता जातीय मुक्तिका लागि नभई विकासका लागि हो भन्ने गर्दथे ।”

राजमुपाको संस्थापक केन्द्रीय सदस्यसमेत रहेका नेकपा माओवादी केन्द्रका नेता गोपाल किराती पार्टीसँग गणतन्त्र र जातीय मुक्तिका लागि सशस्त्र युद्ध गर्ने विषयमा कुरा नमिलेपछि किरात वर्कर्स पार्टी निर्माण गर्ने ढिपि कसे । पछि उनि माओबादी दोन्द्धमा सक्रिय रुपमा होमीए । तर युद्ध बिराम पश्चत पहिचानको मुलमुद्धालाई माओबादी पन्छीन अवस्था आएपछि किराँती अलग्नि पुगेका हुन् । जुन राष्ट्रिय जनमुक्ति पार्टी ले उठाएको मुद्धा, माओवादी ले १० बर्ष जनयुद्ध सञ्चालन गरेर सत्तामा पुग्ने भरेङ्ग मात्र बनाएनन् आदिबासी जनजातिको बलिदानलाई सत्तामा पुग्न साथ पहिचानको मुलमुद्धालाई ओझेलो पार्न माओबादी झन आहाम भूमिका खेल्दै गयो ।

आदिवासी जनजातिहरूमा जातीय चेत फैलाउनु खपाङ्गीको सबैभन्दा आहाम भूमिका मानिन्छ । तर, यसलाई बाहुनविरोधी द्वेषको अभिव्यक्तिको अर्थमा हेर्नेहरूको पनि कमी थिएन ।

तर, पूर्व सभासद् र श्रममन्त्री समेत रहेका एमएस थापा भने शान्तिपूर्ण मार्गबाटै उत्पीडित समुदायको अधिकार स्थापित गराउन सकिन्छ भन्ने पुष्टि गर्न खपाङ्गीले महत्वपूर्ण भूमिका खेलेको स्मरण गर्छन् । “यस्तो विश्वास दिलाउन नसकेको भए अझ धेरै आदिवासी जनजाति माओवादी हिंसामा लाग्नेथिए”, र जातिय सवाल ओझेलोमा पर्दथ्यो ।

यस सामग्री खोज र अध्यान स्रोत बाट तयार परिएको बिचार हो ।