२०८१, ४ फाल्गुन आईतवार

सुर्खेतमा नीति अनुसन्धान प्रतिष्ठानको अन्तरक्रिया कार्यक्रम सम्पन्न

निति अनुसन्धान प्रतिष्ठानले सुर्खेतमा अन्तक्रिया कार्यक्रमको आयोजना गरेको छ । प्रतिष्ठानले प्राज्ञिक व्यक्तिहरु बौद्धिक तथा नागरिक समाजका प्रतिनिधिहरुको उपस्थीतिमा अन्तक्रिया कार्यक्रमको आयोजना गरेको हो । प्रदेश तहको कानुन निमार्णमा प्रभावकारिता विषयमा अनुसन्धान गर्न विभिन्न पक्षमाथि अध्ययन, अनुसन्धान र विश्लेषण गरी नीति–सुधार तथा नयाँ नीतिको निर्माणका लागि तयार गरिएको रोस्टरमा रहेका विज्ञसँग छलफल गरीएको हो । प्रदेश सभाका कार्यमा नागरिकको सरोकारका विषय
सरकारी नीतिहरू ढिलाइ भएका कारण संघीय शासन प्रणालीले गरेको ढिला सुस्ती, संघ र प्रदेशबीच विभिन्न विषयमा बडिरहेको मतभेद, नीति अस्थिरताले देशको समग्र विकासमा पुगेको बाधा लगाएतका विषयमा छलफल गरिएको थियो ।

कार्यक्रममा सहभागिहरुले संघियता कार्यन्वयनमा संघिय सरकार गम्भीर बन्नुपर्ने, तीनै तहका सरकारले जनमुखी सेवा प्रवाहमा सकारात्मक सुधार गर्नुपर्ने लगाएतका सुझाब दिईएको थियो । त्यो संगै कर्णाली प्रदेशमा पारित भएका ५७ वटा कानुन निर्माणमा भएका छलफलहरु प्रयाप्त नभएको समेत बताइएको थियो । कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालयका प्रध्यापक सिपि रिजाल,सुर्यमणी गौतम, कमला तिवारी नागरिक समाजका अगुवा पिताम्बर ढकाल नारायण भट्टराई, प्रकाश सारु लगाएतको सहभागिता रहेको थियो । नीति अनुसन्धान प्रतिष्ठानका बिज्ञ मुक्ति रिजाल , कृष्ण प्रसाद सापकोटा लगाएतले कार्यक्रमको सहजिकरण गरेका थिए ।