२०८१, ३० कार्तिक शुक्रबार

मैले देखेको प्रकृतिमा हुम्लाको भविष्य !

अंग बहादुर सिंह

पिछडिए क्षेत्रमा मात्र दर्जा पाएको हुम्ला कुपोषण र गरिबीले परिचित हुम्ला आज पनि राज्यको हेर्न दृस्टी परिवर्तन हुन सकेको छैन । हिजोको हुम्ला र आजको हुम्ला धेरै गुणले फरक छ । त्यो काठमाडौँले पत्याउन सकेको छैन तर एक दिन भने अवश्य पत्याउने छ भन्ने मलाई विश्वास  छ । नेपालको पश्चिम भाग अलि हिमाल पहाडले जेलिएको हुँदा यो अविकसित भएता पनि यसको भविष्य भने मैले निकै राम्रो देखेको छु । प्रकृतिक सम्पदाले भरिपू्र्ण हुम्ला पर्यटकीय गन्तव्यहरू यति धेरै छन् । जहाँ हुम्लाको मान्छेलाई समेत थाहा छैन कि यो हामी हुम्ली जनताको भविष्य हो भनेर । मैले देखिको हुम्ला । नेपाल र चिनको सिमाना हुम्ला जिल्लाको उत्तरी भूभाग लिमी लाप्चा नेपाली भूमि बाट प्रष्ट देख्न सकिने चिनको तिब्बतमा रहेको कैलाश मानसरोवर धर्मिक तथा पर्यटकीय हिसाबले निकै प्रसिद्ध ठाँउ हो ।

जहाँ नेपालको हुम्ला जिल्लाको उत्तरी सिमाना लिमी लाप्चा नेपाली भूमि बाट प्रत्यक्ष दर्शन गर्न सकिन्छ । विगत केही वर्ष यता भारतीय धर्म गुरु सदगुरु सहित बर्सेनी ६०० जना भन्दा बढी विदेशी र ४०० जना भन्दा बढी स्वदेशी पर्यटक गरि  भग एक हजार पर्यटकले हुम्लाको सदरमुकाम सिमकोट विमानस्थलको बाटो हुँदै च्याछराको अनौठो झरना , सल्लिखोला लिमी लाप्चाको पहिलो बेस क्याम र टाक्ची दोस्रो बेस क्याम हुँदै लाप्चा बाट कैलाश मानसरोवर दर्शन गर्ने गरिएको छ । जो नेपालको पवित्र भूमि पनि हो । त्यस क्षेत्रमा लोपउन्मुख बन चौंरी , हिम चितुवा लगायत नाउर पाइने गर्दछ । त्यो भविष्यको एक अति महत्त्वपूर्ण पर्यटकीय गन्तव्य बन्ने पक्का छ । हुम्ला जिल्ला पर्यटकीय र धर्मिक हिसाबले निकै महत्त्व बोकेको जिल्ला हो । हुम्लाका सातवटा स्थानीय तह मध्य नाम्खा गाउँपालिकाको पश्चिम उत्तर नेपाल र चिनको सिमाना लिमी लाप्चा ९ नेपाली भूमि ० बाट कैलाश मानसरोवरको दर्शन गर्न मिल्छ भने त्यसैको अर्कोपट्टि सैपाल हिमाल पर्ने गर्दछ । त्यो सुदूरपश्चिम प्रदेशको बझाङ र कर्णाली प्रदेशको हुम्ला जिल्लाको जडिबुटी तथा यार्चागुम्बु संकलन केन्द्र पनि हो ।

सैपाल हिमाल नेपालको उच्च हिमाल भित्र पनि पर्ने गर्छ । सिमकोट गाउँपालिकाको उत्तर तर्फ रलिङ्ग गुम्बा छेउमा पञ्चमुखी हिमाल सँगै दुधे दह र लडे दह छन् भने त्यसको ठिक तल खर्पुनाथ गाउँपालिकामा खार्पुनाथ शिवालय रहेको छ । त्यसको आफ्नै महत्त्व रहेको छ । अब आउँदो वर्षमा यही खर्पुनाथ , रलिङ्ग र मानसरोवरलाई एक साथ जोड्ने गरि ठुलो लागतमा मानसरोवर गेट्वाई नामक प्रोजेक्ट लागू हुँदै छ जसले हुम्लाको विकासमा एउटा नयाँ खाका कोर्ने पक्का छ । जिल्लाको सबैभन्दा ठुलो विकास आयोजना पनि हुने छ । यस बाट हुम्लाका नागरिकले रोजगारी सँगै ठुलो आर्थिक लाभ लिने कुरा सुनिश्चित छ। मानसरोवर गेटवाई पर्यटनहरूको प्रमुख रोजाईमा पर्ने कुरा निश्चित रहेको छ । खर्पुनाथ गाउँपालिकाको उत्तर तर्फ विभिन्न जडिबुटीको भण्डारण केन्द्र भन्दा फरक नपर्ने लुड्प्या भञ्ज्याङ रहेको छ । खार्पुनाथ गाउँपालिका , सर्केगाड गाउँपालिका र चंखेली गाउँपालिका सँग एक साथ जोडिने मारुकोर लेख हुँदै पोरि बाट चंखेली हिमाल सँग जोडिएर बन्ने भनिएको कस्तुरी मार्ग यदि बनेछ भने त्यसले पनि हुम्ला जिल्लाको आर्थिक सङ्कटलाई एकै पटक छेउ लगाई दिने देखिएको छ ।

जुन कस्तुरी मार्क बर्खाको समयमा लेख तिर चौंरी गाई , घोडाको बाथ र भेडा बाख्राको हुलमा रमाउन , लेकाली जडिबुटीको सुगन्ध सुँघ्न सँगै हिमालको हिउँ पग्लेर बग्ने हिउँपानी पिउँदै आँखाको नानीले नदेख्न पाटन लेख गाडी मोटरसाइकल त आफ्नो ठाउँमा छ साइकल यात्रीहरूको भिड लाग्ने देखिन्छ । जहाँ अब गोठालो ले पनि गाई को दुध र भेडा बाख्राको सुकुटी मासु बेचेर पैसा तराईबाट सहरमा होइन हिमालको टुप्पोमा पनि पैस कमाउने छन । मैले देखिको हुम्ला  सर्केगाड गाउँपालिकाको पश्चिम पट्टी गुस लेख रहेको छ जसलाई अर्गानिक खानेकुराको भण्डारण केन्द्र पनि भनिन्छ । त्यस संगै पालिका केन्द्रबाट नजिकै एउटा १५० मिटर लामो अति सुन्दर तल्छरी झरना रहेको छ । त्यसको सिरमा पोख्ररि लेख र छेउमा धौलापानी भञ्ज्याङ रहेको छ । धौलापानी भञ्ज्याङ्को पछाडि पट्टी दुदे दह र लडे दह छ्न । जसको आफ्नै इतिहास छ ।

हुम्लामा दुधे दह लडे दह दुई ठाँउमा छन । आआफ्नै धर्म र आस्था छ । चंखेली गाउँपालिकाको पुर्ब पट्टी नेपाल सरकारको रु १ रुपैयाँको नोटमा फोटो अङ्कित चंखेलि हिमाल रहेको छ भने उत्तर तर्फ चीन सँग सिमाना भएको टांक्या लेख व्यापारिक केन्द्र रहेको छ । कर्णाली करिडोर बाट पालिका प्रवेश द्वार सल्लिसल्ला र द्रमीमा तातो पानीको मुहान रहेका छन् । जसको आफै धार्मिक महत्त्व रहेको छ । अदानचुली गाउँपालिकाको उत्तर तर्फ मदान लेख रहेको छ भने त्यस तल कर्णाली नदि किनारामा थुप्रै केरा बगानहरू रहेका छन । स्थानीय केरा र छेउमा बग्ने कर्णाली नदिका रसिला माछा यात्रुहरूको पहिलो रोजाइमा पर्ने पक्का छ । जहाँका नागरिकले माछा र केरा बेचेर नै ठुलो आर्थिक लाभ लिने छन । ताजाकोट गाउँपालिका हुम्ला जिल्लाको मुख्य प्रवेश द्वार हो । जहाँ विभिन्न जात जातीय भाषा धर्म र वर्णका मानिस हरूको बसोबास छ ।

एउटा फरक इतिहास कायम छ बार बिसे र पन्ध बिसे  सजको पहिचान पनि हामीले विश्वलाई नै चिनाउन सक्ने छौ । त्यसले पनि आर्थिक लाभको मुख आधार बन्न सक्ने छ । यस्तै सम्पूर्ण पर्यटकीय गन्तव्यमा आआफ्नै खालको धार्मिक महत्त्व रहेको छ । पछिल्लो समय यता विश्वासका मानिसहरू विलासिता जीवन जिउनमा उत्साहित भएको देख्न सकिन्छ । किन भने मान्छे आफ्नो जीवनलाई थोरै समय भए पनि खुसी राख्न चाहन्छन् । त्यसै खुसी जिन्दगी बिताउनको लागी हुम्ला पनि एक महत्त्वपूर्ण ठाउँ बन्ने कुरामा मेरो पूर्ण  विश्वास छ ।

हुम्लाका नागरिकले घुम्नको  लागी  अमेरिका , अस्ट्रेलिया , जापान जानू पर्ने छैन । विश्वका कुनै पनि देशका मानिस   घुम्नको लागि नेपाल आउने छ । नेपाल आए पछि यति नजिक हुम्ला किन नआउलान् र ?   डलर विदेश गएर होइन आफ्नै दैलोमा बसेर कमाउन सकिने छ । त्यसैले राम्रो सम्भावना भएको  प्राकृतिक सम्पदालाई सफा सुग्घर गरि विनाशबाट बचाएर संरक्षण गर्नु अहिलेको हाम्रो प्रमुख दायित्व पनि हो ।

मलाई छ राजनीतिक किचलोमा परेको देश एक दिन अवश्य माथि उठ्ने छ अनि यी सम्पूर्ण प्राकृतिक सम्पदाले आफ्नो महत्त्व देखाउने छ्न र त्यो हुम्लाका प्रत्येक  नागरिकको लागि निकै ठुलो उपलब्धि हुनेछ । अहिले तपाई हामीले घुम्न आउने आगन्तुक पर्यटकलाई सभ्य भएर सबै जनाले सर सम्मानका साथ स्वागत गर्न  सक्यौ भने  भने हाम्री भविष्य सुनौलो अवश्य हुने छ त्यसैले यिनी सम्पदालाई बिनास होइन संरक्षण गर्नु जरुरी छ ।

सिंह नेपाली काँग्रेसका विद्यार्थी नेता हुन् ।