सुर्खेत उपत्यका खानेपानी आयोजना सञ्चालनमा मन्त्री परियारको स्थलगत अनुगमन
सुर्खेत , सुर्खेत उपत्यका खानेपानी आयोजना सञ्चालनमा रहेको वीरेन्द्रनगर नगरपालिका वडा न ७ खेलकुद मैदान डिपबोरिङ, वडा न ३ माझगाउँ टोल डिप बोरिङ , वडा ११ मिलनटोल लसुनपानी खानेपानी योजना , धुलाभिड डिप बोरिङ, वडा न ११ जागरण टोल खानेपानी निर्माण योजना , वडा न १० पठानटोल डिप बोरिङको लागि कर्णाली प्रदेश सरकार जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय मन्त्री रनसिंह परियार र मन्त्रालय सचिवको टोलीले अनुगमन गरेका छन् ।
अनुगमनको प्रतिवेदन अनुसार कर्णाली प्रदेश सरकार जलस्रोत तथा उर्जा विकास मन्त्रालयको आर्थिक सहयोगमा आ :व २०८०/ ०८१ को बजेटबाट सञ्चालनमा रहेका खानेपानी आयोजनाहरू ८० प्रतिशत काम सम्पन्न भएको स्वकीय सचिव टिका बहादुर शाहीले बताए ।
सञ्चालनमा रहेका आयोजनाका कामलाई कुनैपनि चिजमा बाधा आउन नदिनको लागि काममा देखिएको सुस्ततालाई अन्त्य गर्न सरकारले नीतिगत रुपमा सुधार गर्नुपर्ने मन्त्री परियारले बताएका छन्।