२०८१, १ मंसिर शनिबार

पर्यटनका लागि उत्कृष्ट गन्तव्य रामारोशन !

 महेन्द्र बिश्वकर्मा
रामारोशन भन्ने बित्तिक्कै तपाई हाम्रो मुखमा झुण्डिरहने शब्द हो।रामारोशन प्राकृतिक सौन्दर्यता, आध्यात्मिक र जैविक विविधताको सुन्दर बगैचा हो । रामारोशनको नामकरणको बिषयमा तथ्य प्रमाण भेटिएको त छैन १ लेखकहरुले आ आफ्नै शैलिमा व्याख्या गर्ने गरेका छन । मैले सुने अनुसार महादेव र पार्वतीको वासस्थानका रूपले चिनिने यो क्षेत्रमा प्राचीन समयमा रमा र रोशन नाम भएका आमा र छोरा बस्थे१ कालान्तरमा रमा र रोशन आमा छोराको नामबाटै अपभ्रङ्स भएर रामारोशन नाम रहन गएको भन्ने तथ्य पनि छ । त्याहाका स्थानीयले फरक तरिकाले व्याख्या गर्ने पनि गरेका छन

अछामको रामारोशन क्षेत्र सुदुरपस्चिमको प्रमुख पर्यटकिय स्थलको रुपमा रहेको मानिन्छ । समुन्द्री सतहबाट २,५४६ मिटर उचाईमा रहेको छ । यहाँ साना ठूला गरी १२ वटा तालहरु र १८ वटा रमणीय मैदानहरु रहेका छन् । स्थानीय भाषामा यसलाई बाह्र वण्ड अठार खण्ड पनि भन्ने गरिन्छ। १२ ओटा तालहरु मध्यमा सबै भन्दा ठूलो ताल जिगाले ताल हो, जस्को आकार अङ्ग्रेजी अक्षरको ञसिझ जस्तो छ १ सबैभन्दा सानो ताल ताउने ताल हो । यो लगभग पुरिने अवस्थामा छ यो बिषयमा स्थानीय अथवा सुदुरपश्चिम सरकारको विशेष ध्यानाकर्षण होस

यस क्षेत्रका मुख्य आकर्षणहरु :
जिगाले ताल सबैभन्दा ठूलो, त्यसका वरिपरी केही दूरीमा बाटुल्ला, लामीदह, लिस्से डाली, ताउले, तल्लो धाउने, माथिल्लो धाउने, गाग्रे ताल, डौठे खाल, दल्याना, रामे ताल, र गेराह ताल पर्दछन ।

त्यसैगरी अठार खण्डमा किनिमिनी खण्ड, रोशन टोउका खण्ड, रोशन जिगाले खण्ड, रोशन बागफाल खण्ड, रामे रोशन खण्ड, दल्याना रामे खण्ड, पातल दल्याना खण्ड , गेराह जैदेखोला खण्ड, जिउने पातल खण्ड, चिल्फु गाग्रा खण्ड, बागफल गोरेकोट खण्ड, ददाडी पिनालेखी खण्ड, सालिमकोट कागे बर्जु खण्ड, नेटाकोट साकोट खण्ड, रामे रगाडे खण्ड, पिनालेखी टोट्के खण्ड, पातल दल्याना खण्ड, गेराह जैदेखोला खण्ड, जिउने पातल खण्ड , चिल्फु गाग्रा खण्ड , बागफाल गोरेकोट खण्ड, ददाडी पिनालेखी खण्ड, सालिमकोट कागे बर्जु खण्ड, चिर्किटे खालापोखर खण्ड, नेटाकोट साकोट खण्ड , रामे रगाडे खण्ड, किनिमिनि सिदुरे खण्ड, र पिनालेखी टोट्के खण्ड रहेका छन।

त्यस्तै ठूला साना गरी दर्जनौ मैदान छन्। जसमा रोशन मैदान, किनिमिनि मैदान, सिन्दुरे मैदान, बागफाल मैदान, रामे मैदान, रँगाडे, दनाडी, भिउमोरा, चिल्फु, गादो पाड्ने र सुइडेनी गडो रहेका छन ।

झरना छहरा को लागिसमेत प्रख्यात यहाँ बांगे छहरा, दल्याना छहरा, किनिमिनी फिस्साने छहरा, औलाघाट कैलाशखोला छहरा, रामारोशन गगन छहरा, वडाचामल छहर र जैदेखोला दुदुल्लेबोट छहरा देख्न पाईन्छ।

चका डाँडा, डडिल्ला, गेली हाल्ने गडा, बगफाल, ददानी, चिन्डेनी, थेप्चे गोरेकोट, अमरपाटा, नदाई र सर्गको घडी प्रमुख पहाडी चुचुरा हुन्।

रामारोशन धार्मिक हिसाबले पनि महत्व बोकेको ठाउँ हो। यहाँ कालिका देवी, नन्दादेवी, जाल्पादेवी, नीलकण्ठ, मस्टो, मालिका देवी, गुण लानी, बलवान बाबछाला, आदि मन्दिरहरु पनि रहेको छन ।

रामारोशन क्षेत्रमा विभिन्न किसिममा जडिबुटी पनि पाईन्छन लोठ सल्ला, सतुवा, दालचिनी, पाँचऔंले, सिलाजित, बाँजखोटो, बोजो, पदमचाल, कटुकी, सुगन्धवाल, बिसमारो, गदाल्नुलगायतका जडिबुटी पाईन्छन

प्राकृतिक दृष्टिकोणले अत्यन्तै रमणीय यो ठाउ रामारोशनमा रहर लाग्दा जमिनका फाँटहरु, मनमोहक तालहरु, अनेक थरीका फूलहरु, नेपालको राष्ट्रिय चरा डाँफे, मुनाल, चराचुरुंगी र अन्य दुर्लभ वन्यजन्तुहरु कस्तुरी मृग तथा अन्य विभिन्न जनावरहरुको उपस्थिति नै यस जिल्लाको पर्यटन विकासको स्तम्भ हो । जनश्रृती अनुसार कसैले यसलाई प्रकृतिकी रानी भन्दछन् भने कसैले यसलाई प्रकृतिको स्वर्ग पनि भन्दछन् । दूर्गम पहाडी खोंच भित्र रहेको प्राकृतिक सुन्दरताले भरिपूर्ण रमणीय रामारोशन क्षेत्र भित्र विभिन्न ताल, मैदान, पाटन, हरियाली जंगल, पहाडी चुचुराहरु, जंगली जनावर, चराचुरुङ्गी, फूलहरु, विभिन्न खालका जडिबुटीहरु, झरनाहरु, ठूलठूला ढुंगाहरु र गुफाहरु रहेकाछन ।

प्रत्येक बर्ष वसन्त ऋतुको आवगन सङ्गै रामारोशन क्षेत्रमा भब्य मेला महोत्सव लाग्ने गरेका छन। यस बर्ष पनि बैसाख ११ गतेदेखि १६ गते सम्म राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान जिल्ला शाखा अछामले भब्य महोत्सवको आयोजना गरेको छ१ रामारोशनको बिकास , प्रवर्द्धन र कला सस्कृतिको संरक्षणका लागि त्याहा स्थानीय कलाकार र स्थानीय बासिहरुले महत्त्वपूर्ण भुमिका खेलेका पाईन्छ। प्राकृतिक रुपमै सुन्दरता बोकेको रामारोशन क्षेत्रमा अझै नेपाल सरकारको ध्यानाकर्षण हुने हो भने यस क्षेत्रले थुप्रै सम्भावना बोकेको छ ।