२०८१, २५ भाद्र मंगलवार

शिर्ष नेताहरूविच बैठक सकिएपछि मुख्यमन्त्री निवासबाट बाहिरिए एमाले नेताहरु

सुर्खेत । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माको निवास ईत्राममा शिर्ष नेताहरूविच बैठक शिर्ष नेताहरूविच बैठक सकिएपछि मुख्यमन्त्री निवासबाट बाहिरिए एमाले नेताहरु बाहिरिएका छन्् । कर्णालीको नेतृत्व एमालेलाई दिने केन्द्रमा सहमति भएपछि देखिएको विवाद समाधान गर्न दुवै पक्षका नेताविच छलफल भएको हो ।

तर छलफल सकरात्मक रहेपनि अझै टुंगोमा नपुगेको एमाले कर्णाली ईन्चार्ज लेखराज भट्टले जानकारी दिए ।
छलफलमा माओवादीका कर्णाली ईन्चार्ज कालिबहादुर मल्ल, कर्णालीका पुर्व मुख्य मन्त्री महेन्द्रबहादुर शाही र मुख्यमन्त्री राजकुमार शर्मासमेत सहभागी थिए ।

 

माओवादी प्रदेश इन्चार्ज कालिबहादुर मल्ल, मुख्यमन्त्री शर्मा निवासमै रहँदा अहिले माओवादी प्रदेश अध्यक्ष विमला केसी बैठकमा सहभागी भएपछि उनीहरू छुट्टै बसिरहेका छन् ।
मुख्यमन्त्री शर्माले आज विश्वासका मत लिन यसअघि नै पत्र संसद सचिवालयमा दर्ता गरिसकेका छन् । केन्द्रले कर्णालीको नेतृत्व एमालेलाई दिन परिपत्र गरेपनि मुख्यमन्त्री शर्मा नछाड्ने अडानमा छन् ।