२०८१, १९ बैशाख बुधबार

सबै किसिमका जातीय भेदभाव उन्मूलन गर्न नदेखिएका बलिया आधार

शुुसिल परियार

हरेक वर्ष जस्तै यो वर्ष पनि मार्च २१ मा नेपालमा २४औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस मनाइँदै छ । नेपालमा २०५७ साल अर्थात् सन् २००१ मा यो दिवस मनाउन थालिएको हो । ‘जातीय भेदभाव उन्मूलन’ गर्ने उद्देश्यले यो दिवस मनाइन्छ । यसका पछाडि एउटा बलियो अन्तर्राष्ट्रिय आधार छ । ‘सबै किसिमका जातीय भेदभाव उन्मूलन अन्तर्राष्ट्रिय महासन्धि १९६५’ लाई सदस्य राष्ट्रको हैसियतमा नेपालले सन् १९७१ मा हस्ताक्षर गरी अनुमोदन गरेको थियो । त्यसैमा टेकेर यो दिवस मनाउन थालियो ।
निकै प्रगतिशील युगमा छौं हामी तर अहिले पनि मानव सभ्यताको निकै खडेरी भएको महसुस गर्छन् नेपाली समुदायमा रहेका दलित समुदायले यो नेपाली समुदाय भित्र एउटा छुट्टै खाल्को समुदाय हो। दलित समुदायले सर्जन गरेका हरेक वस्तु चल्छन्। स्वीकार हुन्छन्। तर अन्तरजातीय विवाह अन्तरजातिय मागी विवाह भने स्वीकार हुँदैन। अहिले पनि उहीँ रुढीबादी परम्परा छ।
५८ औं अन्तराष्ट्रिय जातीय तथा रंगभेद दिवस मनाइ सकेको छौं। तर पनि हाम्रो नेपाली समाजमा जातीय भेदभाव भने बढ्दै गएको छ।दलितमाथि बिभेद र दमनका घटनाहरु दिनानुदिन बढिरहेका छन्।मुलुकको संविधानमानै जातीय बिभेद,छुवाछूत गर्न नपाउने गरि बलियो मानव अधिकार सुनिश्चितको गरिएको छ।तर बिडम्बना आजसम्म गाउँ देखि शहरसम्म दलित समुदायले अन्याय खेप्न बाध्य बनाईएको छ।मुलुकमा आजसम्म थुप्रै राजनैतिक ब्यबस्था फेरिए तर दलितहरु प्रतिको दमन भने कुनैपनि ब्यबस्थाले अन्त्य गर्न सकेको छैनन्। नेतृत्व र नेता भने यहि समुदायको भोट ले बिजय हुन्छन्।

दलित समुदायको समस्या हो पिडा भने बिजय भएकै दिन देखि बिर्सिएका हुन्छन्। खास बिश्वको इतिहास हेर्ने हो भने। राजनीति परिवर्तन सङै विभिन्न अन्याय अत्याचार र उत्पीडित समुदायको हक अधिकार सुनिस्चित हुन्छन् तर भने हाम्रो नेपाली राजनीति परिवर्तन भए पनि उत्पीडित वर्गहरुको पिडा र दमन भने अन्त्य हुन नसक्नु निकै दुखद विषय हो। त्यस कारण अब यो उत्पीडित दलित समुदायले नयाँ क्रान्तिको तयारी गर्न अनिवार्य भएको छ। अन्तर्राष्ट्रिय जातिय तथा रंगभेद उल्मुलन दिवस हर्ष उल्लासका साथ मनाउने गर्छन्।तर देशको धेरै ठाउँहरु मा त्यही दिन जातीय भेदभाव भइरहेको पाईन्छ। यसो हुनु सरकार र कानुनमा फितलो पन भएर यस्तो घटना हुने गर्छ। नेपाली समाजको एउटा छुट्टै इतिहास छ ३९ सय वर्ष देखि मानव सभ्यताको बहस हुँदै आएको छ। तर पनि उल्मुलन हुन नसक्नु वा गर्न नचाहानु दुस्खद पक्ष हो। अहिले फेरि हामी ५९ औं अन्तर्राष्ट्रिय जातीय तथा रङभेद दिवस मनाउने तयारी गर्दै छौं तर यो दिवसले मानवको संरक्षण र अधिकार सुनिस्चित गर्न सकेको भने छैन। यो एउटा झारा टारेको जस्तो दिवस भएको छ। अन्तरजातिय विवाह गर्दा विभिन्न बहानामा मुद्दा हाल्ने वा फसाउने गर्दछ्न कथित उपल्लो जातीयले अनि भेदभाव गर्ने पनि नयाँ रुप फेरेको छ।राष्ट्रिय कानुनद्वारा जातीय भेदभाव अन्त्य हुने देखिरहेको छैन। किनकि। हाम्रो देशको नेता वा नेतृत्व दलित समुदायको पक्षमा वकालत गर्ने नेतृत्व राष्ट्रिय स्तरीय नभएको दलित समुदायको ठम्याइ छ।अब नयाँ कान्तिको तयारीमा लागेको छ त्यो यो राष्ट्र र जनसमुदायले थेग्न धेरै गारो हुन्छ आफ्नो अधिकार र हकको निम्ति अब बालुवा र सिमेन्ट मिसाउदै छ्न दलित हरु।