२०८१, १० बैशाख सोमबार

अदानचुली पाम्समा  जिप  दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको मृत्यु पाँच जना घाईते !

हुम्लाको दक्षिण दानचुली गाउँपालिका वडा न ४ पाम्स जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाईते भएका छन् ।
हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिकामा गाडी दुर्घटना हुँदा घटनास्थलमा दुई जना यात्रुको मृत्युभएको छ । वडा नम्बर ४ मा रहेको पाम्स स्थितमा रहेको मोडमा गाडी दुर्घटना हुँदा दुई जनाको मृत्युभएको छ भने पाँच जना यात्रु गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरिक्षक रविन्द्र खनालले बताए । सु प ०१००१ को गाडी शनिबार दिउँसो पाम्सको मोडमा दुर्घटना भएको हो । दुर्घटनामा परेका मृतक र घाइतेको उद्धार भइरहेको प्रहरी नायव उपरिक्षक खनालले बताए ।

घटनास्थलम मृत्यु हुने वडा न . ५ का फागुने लुवार र प्रवेश ऐडि रहेका छन । दुर्घटनामा परेका गाडी साहु धनमल महतारालाई भित्री चोटपटक भएको हूँदा स्वास्थ्य अवस्था गम्भिर रहेको छ । दार्चुला घर भएका अन्दाजि २४ वर्षिय जनक ठगुन्नाको दाहिने हातमा चोट लाग्दा गम्भिर घाईते, वडा न.५ काँखे ६० वर्षिया तुल टमटालाई टाउकोमा चोटपटक लाग्दा गम्भिर घाईते भएका छन् भने ४५ वर्षिया बल बोहोराको अवूूथा पनि गम्भिर रहेको छ । बारिगाउँ चैति बुढाको स्वास्थ्य अवस्था सामान्य रहेको पाईएको छ । मृतकर घाइतेको उद्धार कार्य भइरहेकाले नाम,उमेर पहिचान खुल्नसकेको बताए ।

घाईते हुनेहरुको विवरण सहित …………………….