२०८१, २० भाद्र बिहीबार

‘राष्ट्र रूपान्तरणका लागि पत्रकारिता’

सुर्खेत: वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख मोहनमाया ढकालले समाज तथा राष्ट्ररुपान्तरणका लागि पत्रकारिताको भूमिका महत्वपूर्ण रहेको बताएकी छिन् ।

आइतबार सुर्खेतको वीरेन्द्रनगरमा प्रेस चौतारी नेपाल सुर्खेत शाखाले आयोजना गरेको जिल्ला स्तरीय भेलालाई सम्बोधन गर्दै नगरप्रमुख ढकालले पत्रकारिताका माध्यमबाटै सत्य, तथ्य सूचना सम्प्रेषण नगरिँदा नागरिक समक्ष पुग्ने भ्रमित सन्देशबाट गलत तत्वहरुले प्रश्रय पाउने जनाईन् ।

उनले कुनै पनि तह, तप्काबाट गरिने गलत क ार्यलाई खबरदा री गर्दै नागरिकलाई सत्य, तथ्य सूचना सम्प्रेषण गरेर समाज तथा राष्ट्रका लागि योगदान पु¥याउन पत्रकारहरुसँग अपिल गरिन् ।

समृद्धिको जग नै विकास पत्रकारिता हो,’’ उनले भनिन्, विकासको अर्थ मान्छे र समाजलाई खुसी पार्ने हुनु पर्छ । मान्छे दुःखी भएर विकासको अर्थ रहँदैन ।’’ उनले पछिल्लो समय सूचना प्रविधिले मारेको फड्कोलाई गलत तरिकाले उपयोग गर्दै मूल्यहिन, कपोकल्पित र भ्रामक सूचना प्रवाह गर्नबाट पत्रकारहरु बच्न समेत आग्रह गरिन् ।

कार्यक्रममा प्रेस चौतारी सुर्खेतका अध्यक्ष गोविन्द खत्रीले आसन्न नेपाल पत्रकार महासंघको निर्वाचन लक्षित तयारीसँगै श्रमजीवि पत्रकारले भोग्नु परिरहेका समस्याप्रति आफूहरु गम्भिर रहेको बताए ।

उनले नेपाल पत्रकार महासंघले गैरपत्रकार हरुलाई प्रश्रय दिए र वास्तविक श्रमजीवि पत्रकारलाई उपेक्षित गर्दै आईरहेको जनाए । महासंघभित्रको फोहोर सफाई गर्न सबै श्रमजीवि पत्रकारहरु एकजुट हुनु पर्नेमा उनले जोड दिए ।